आफ्नै भवन नहुँदा सेवाप्रवाहमा समस्या
नेपालबहस संवाददाता
पुस ५, २०७९ मंगलबार २०:४५:३३
५ पुष, खजुरा । मुलुक सङ्घीयतामा गइसकेपछि स्थानीय तहको दोस्रो कार्यकाल सुरु भइसकेको छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरु अहिले काम गरिरहेका छन् ।
स्थानीय तहले पाँच वर्ष पूरा गर्दा पनि बाँकेमा वडा कार्यालयले आफनै भवन अझै बनाउन सकेका छैनन् । वडा कार्यालय सीमित कोठा भाडामा लिएर सेवा प्रवाह गर्दा सेवाप्रवाह प्रभावकारी नभएको जनगुनासो छ ।
नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गत २३ वटा वडा कार्यालय छन् । जसमध्ये अधिकांश वडा कार्यालयसँग आफ्नै भवन छैन । उपमहानगरले भाडामा रहेका वडा कार्यालयका लागि वार्षिक रु ६० हजारदेखि तीन लाख ६० हजारसम्म बजेट बजेट विनियोजन गर्दै आएको छ ।
यद्यपि केही वडा कार्यालयको भवन निर्माणका लागि भने बजेट विनियोजन गरिएको छ । साथै उपमहानगरले चालु आर्थिक वर्षमा वडा कार्यालयका भवन भाडाका लागि रु २६ लाख बजेट विनियोजन गरेको छ ।
भवनका लागि उपयुक्त जग्गा तथा बजेट अभावका कारण भवन निर्माण हुन नसकेको वडा नं २१ का अध्यक्ष राजकुमार साहुको भनाइ छ । नेपालगञ्ज उपमहानगर अन्तर्गत मात्रै नभइ जिल्लाका अन्य स्थानीय तहका वडा कार्यालयसँग आफ्नै भवन छैन ।
बाँकेमा स्थानीय तहका कार्यालयले भाडा नै खर्च गरेर कार्यालय राख्नुपर्ने स्थिति नरहे पनि निर्माणाधीन भवन पूरा नहुँदा साँघुरो ठाउँबाट सेवा दिइरहेको डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीको दाबी छ ।
नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकासँग सुविधा सम्पन्न भवन छ । खजुरा, नरैनापुर, डुडुवालगायतका स्थानीय तहको भवन निर्माणाधीन अवस्थामा छन् । डुडुवा गाउँपालिकाको प्रशासनिक भवनको निमार्ण अन्तिम चरणमा पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कष्णप्रसाद पौडेलले बताए । उनले भवन निर्माणको काम सकिएको छ भने भवन सर्नका लागि फर्निचरलगायतको व्यवस्थापन भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
स्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बिआरआई परियोजनामा सरकारले ऋण होइन, अनुदान लिन्छः सञ्चारमन्त्री
मंसिर ११, २०८१ मंगलबार
बंगलादेशमा हिन्दु गुरू पक्राउ पछि देशभरी प्रदर्शन
मंसिर ११, २०८१ मंगलबार
इमरानको रिहाइका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु
मंसिर ११, २०८१ मंगलबार
प्रहरीले दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गरायो
मंसिर ११, २०८१ मंगलबार
भक्तपुरमा राजश्व संकलन गत वर्षभन्दा राम्रो
मंसिर ११, २०८१ मंगलबार
आरबीआईका गभर्नर शक्तिकान्त दास अस्पताल भर्ना
मंसिर ११, २०८१ मंगलबार