सरकार गठनबारे सत्ता गठबन्धनमा आजबाट घनिभूत छलफल
नेपालबहस संवाददाता
पुस ६, २०७९ बुधबार १८:४:३३
६ पुष, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा निर्वाचित भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनमा रहेका दललाई नयाँ सरकार गठन र पदीय भागबण्डाबारे छलफलका लागि निम्तो दिएका छन् । संसदीय दलको नेतामा चयन भएलगत्तै कांग्रेस सभापति देउवाले सत्ता सहयात्री पाचँ दलका शीर्ष नेताहरुलाई बालुवाटारमा निम्तो दिएका हुन् ।
प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले दिएको जानकारी अनुसार नेताहरुलाई छलफका लागि जुट्न भनिएपनि समय भने तय भएको छैन् । तर, आजबाट सरकारा गठनका विषयमा गहन रुपामा छलफल गनेृ तयारी भने भएको छ । सत्ता गठबन्धनको छलफलपछि सरकारमा सहभागि हुन चाहेका दलका नेताहरुसँग पनि सत्ता गठबन्धनले संयुक्त रुपमा छलफल गर्ने तयारी गरेको छ ।
मंसिर ४ को आम निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) बीच तालमेल भएको थियो । अहिलेसम्म लोसपालाई बैठकमा सहभागि नगराएपनि अब गराउने तयारी छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सातदिनको समय दिएर संविधानको धरा ७६ को उपधार २ अनुसार बहुमत जुटाएर प्रधानमन्त्रीमा दावी पेस गर्न समय दिएकी छन् ।
राष्ट्रपतिले दिएको समय पुष १० गते साँझ ५ बजे सकिँदैछ । बुधबारसहित चारदिनमा सरकार गठनको तयारीमा रहेको सत्ता गठबन्धनकातर्फबाट आवश्यक संख्यासहित प्रधानमन्त्री बन्ने व्यक्ति तयार भएर निदेवदन गर्नपर्छ । सरकार बनाउने तयारीमा रहेको सत्ता गठबन्धनमा पदीय भागबण्डामा अहिलेसम्म सहमति भएकबो छैन् । प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच हानाथाप छ । पूर्व सहमति अनुसार आलोपालो प्रधानमन्त्रीमा पहिलो चरणको प्रधानमन्त्री प्रचण्डले खोजेका छन् ।
प्रधानमन्त्रीमा सहमति हुनका लागि त्योभन्दा अगाडी राष्ट्रपति र सभामुखमा सहमति हुनुपर्ने अवस्था देखिएको छ । किनभने पहिलो प्रधानमन्त्री हुने दलले राष्ट्रपतिमा दावी गर्न नपाउने सर्त माओवादीको छ । यसकारण कांग्रेसले राष्ट्रपति लिए माओवादीबाट सरकारको नेतृत्व हुने र माओवादीले राष्ट्रपति लिए कांग्रेसको प्रधानमन्त्री हुने अवस्था छ । तर, कांग्रेसले राष्ट्रपतिसहित पहिलो चरणको प्रधामनन्त्री खोजेको छ ।
सत्ता गठबन्धनमा पहिलो विकल्प पहिलो राष्ट्रपति लिएर कांग्रसले माओवादीलाई प्रधानमन्त्री दिने वा प्रधानमन्त्री लिएर माओवादीलाई राष्ट्रपति दिने विषयमा छलफल चल्ने बताइएको छ । दोस्रोमा माओवादीलाई प्रधानमन्त्री दिएर राष्ट्रपति र सभामुख कांग्रेसले राख्ने विषयमा पनि छलफल चलिरहेको छ । कांग्रेसमासभापति देउवाबाहेक यही विकल्पमा बढी मत देखिएको छ । तेस्रो विकल्पमा राष्ट्रपति वा सभामुख कांग्रेस र माओवादी भन्दा बाहिर दिएर बाँकी पदमा दुइदलले सहमति गर्ने र पनि रहेको छ ।
यो विकल्पमा भने सहमति नहुने नदेखिएको छ । सत्ता गठबन्धनमा राष्ट्रसभाको अध्यक्ष र उपराष्ट्रपति बााहेक अरु पद कांग्रेस र माओवादीभन्दा बाहिर जान नहुने मत पनि बलियो बनिरहेको छ । उपराष्ट्रपतिमा मधेशबाट दवाव बढी परेको छ । उमेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) सत्ता गठबन्धनमा जोडिए मधेशकै तीन दल उपराष्ट्रपतिको पदमा दावेदार हुनेछन् । उनीहरुलाई संघीय एक पदसहित प्रदेशमा पनि भाग दिनुपर्ने बाध्यतामा गठबन्धन छ ।
प्राय सबै दलले संसदीय दलको नेता चयन गरिसकेका छन् । कांग्रेससहित अन्य गठबन्धन दलले पनि संसदीय दलको नेत चयन गरिसकेकाले राष्ट्रपति विद्यादेवी भण्डारीले १० पुस साँझ ५ बजेसम्म प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्री पदको दाबी गर्न समयभित्र सबै विषय मिलाई सक्नुपर्नेछ । यसैले पनि प्रधानमन्त्रीसहित राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखललगायत शक्ति बाँडफाँट गर्ने विषयमा गठबन्धन बैठक केन्द्रित रहने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार