मनाङगे फेरि मन्त्री ? कांग्रेसका महाधिवेशन प्रतिनिधि नागरिक उन्मुक्ति पार्टीको समानुपातिक सुचीमा
नेपालबहस संवाददाता
पुस ७, २०७९ बिहिबार १९:३३:२९
७ पुष, पोखरा । मनाङ जिल्ला यसैपनि विकट, विकास क्रममा विस्तारै बामे सर्दैछ । राजनीतिक चेतना शुन्य त भन्न मिल्दैन र पनि मनाङबासीहरु राजनीतिमा त्यति रुची राख्दैनन् । चुनावमा आफूलाई कसले ओसार्छ, कसले सम्झन्छ ? बस्, उसैलाई मतदान गर्छन् । तल्लो मनाङ अर्थात् सदरमुकाम चामेदेखि तलका बासिन्दामा केही राजनीतिक चेतना भएपनि माथिल्लो क्षेत्रमा बस्ने मनाङबासी आज प्रर्यन्त परिवारवाद, नातावाद मै विश्वास गर्छन् ।
पछिल्लो समय त उनीहरु पनि निकै बाठा भइसके, जसले बढी दाम चढाउँछ उसैलाई मतदान गर्छन् । यो भन्न नहिच्कीचाउँदा हुन्छ कि जुन-जुन पार्टीका उमेदवारले पैसा दिन्छ, उनीबाट लिन्छन् तर जसले बढी दिन्छ उसैलाई भोट हाल्छन् । यस अर्थमा त्यहाँ राजनैतिक प्रतिबद्धता छैन, देखिन्न भन्दा फरक पर्दैन ।
पञ्चायतको कुरो बेग्लै । तत्पश्चात २०४८ मा पाल्तेन गुरुङले नेपाली कांग्रेसका तर्फबाट चुनाव जिते । त्यसपछि २०५१ को मध्यावधि निर्वाचनमा उनले कांग्रेसबाट टिकट पाएनन्, स्वतन्त्र रुपमै निर्वाचित भए । २०५६ मा नेपालकै संसदीय इतिहासमा निर्विरोध हुने पाल्तेन नै पहिलो बने । मनाङमा आफ्नो परिवार र नातागोता धेरै भएको पाल्तेनको दावी छ । तर, त्यसो भन्दै गर्दा २०६४ को निर्वाचनमा भने झिनो मतले माओवादीका देव गुरुङसँग उनी पराजित बने । त्यतिबेलाको हावा नै बेग्लै थियो । भरखरै जनयुद्धबाट खुला भएर पहिलो आमनिर्वाचनमा भाग लिएको माओवादीका कारण मतदातामा डर, त्रास, भय जे जसो गरेर हुन्छ, चुनाव जित्ने नीतिमा अगाडि बढ्दा आफू पराजित हुनु परेको पाल्तेनको तर्क छ ।
त्यसपछि २०७० को निर्वाचनमा पाल्तेनकै भाई नेपाली कांग्रेसबाट उमेदवार बनेका टेकबहादुर गुरुङले राप्रपाका त्रिपल गुरुङलाई पछारेर संविधानसभामा निर्वाचित भए । २०७४ को निर्वाचनमा त्रिपलकै दाई पाल्देन छोपाङ गुरुङ एमालेबाट उमेदवार भए अनी कांग्रेसका टेकबहादुर गुरुङसँग राजनीतिमा देखा पर्दै आएको पारिवारिक प्रतिशोध लिए । यसपाली उनै पाल्देन छोपाङलाई टेकबहादुरले पछारे ।
यसरी हेर्दा मनाङमा पार्टी भन्दा पनि यिनै दुई परिवारको मात्र हारजित देखिँदै आएको छ । दुई परिवारमात्र एक आपसमा प्रतिद्धन्द्धी बन्दै निर्वाचनमा होमिँदा चुनाव खर्च भने बढ्दै गएको देखिन्छ । काठमाडौं, पोखरा, चितवन लगायत प्रमुख शहरमा बस्ने मनाङबासीलाई चुनावी मुखमा ओसार्नु पर्दाको पीडा दुबै पक्षलाई कम छैन । त्यसमाथि पनि दुबै पक्षसँग हात थाप्न सिकिसकेका छन्, यतिबेला ती मतदाता पनि ।
एकले अर्काको मत तान्न खर्च मात्र होइन। अनेक तिकडम गर्ने गरेको जानकारहरु बताउँछन् । चुनाव जितेर आउनेलाई त चुनावी खर्चको त्यति सारै चिन्ता नहोला, तर चुनाव हार्नेको दोहोरो चिन्ता । सायद नेपालका ७७ जिल्ला मध्ये चुनावी खर्च धेरै हुने जिल्लामा मनाङ नै पर्ला । जहाँ चुनाव जिते पनि हारे पनि मतदातालाई ओसार्नै पर्ने, खाना बस्नको व्यवस्था गर्नै पर्ने अवस्था छ । त्यति गरेर मात्र पुग्दैन, हातमा बिटो थमाइदिनै पर्ने । त्यो पनि पछिल्लो समय त उम्मेदवारबीच देखिएको अस्वस्थ प्रतिस्पर्धा बढ्दै जाँदा दुबै पक्षबाट लिन पल्केका छन्, बाठा मनाङगे ।
मनाङगे फेरि मन्त्री ?
मनाङग अर्थात् मनाङबासीका कुरा गर्दा राजनीतिमा अवसर खोज्ने, खोजीरहने प्रमुख पात्रका रुपमा छाएका छन् दीपक मनाङगे अर्थात् राजीव गुरुङ । उनी कहिले कुन पार्टी कहिले कुन पार्टी गर्दै यतिबेला स्वतन्त्र रुपमा निर्विरोध भएर पनि मन्त्री पदलाई निरन्तरता दिलाउने प्रयासमा नेकपा एसमा प्रवेश गरेका छन् । राजनीतिकै कुरा गर्दा नेपाली कांग्रेसबाट अर्थात् तरुण दलको मनाङ अध्यक्षबाट अघि बढेका दीपक, त्यसपछि थरुहट, राप्रपा, एमाले हुँदै एस पार्टीमा छन् । उनले पार्टी प्रवेशका क्रममा अब अर्को पार्टी प्रवेश गर्नुपर्ने अवस्था आए राजनीति नै छाड्ने बताएका त छन्, तर उनले गर्दैआएको फोहोरी राजनीति गुण्डागर्दी शैलीकै देखिन्छ ।
गठबन्धन सरकारमा गण्डकी प्रदेशको मन्त्री भएका नाताले नेपाली कांग्रेसले निर्विरोध छाडिदियो, विगतमा एमाले उमेदवार भएर निर्वाचन जितेका कारण यसपाली पनि एमालेले उमेदवारी दिएन । कसैले डरधम्कीकै कारण नोमिनेशन गर्ने आँटै गरेनन्, अनी भए दीपक निर्विरोध । यतिबेला उनले गठबन्धन सरकारले आफूलाई मन्त्री दिएको नभएर आफूले गठबन्धन सरकार दिएको ढ्वाङ फुकिरहेका छन् । गण्डकीमा नेपाली कांग्रेस र माओवादीको मात्रै गठबन्धन हुँदा आवश्यक बहुमत सहजै पुग्छ ।
तर, उनले केन्द्रीय गठबन्धनलाई तार्गेट गर्दै नेकपा एसमा प्रवेश गरेकोमा दुईमत छैन । नेपालमा हुर्किरहेको फोहोरी राजनीतिमा माधव नेपालले आफ्नो पार्टीको पनि स्वामित्व गण्डकी प्रदेश सरकारमा हुनु पर्ने अडान लिन बेर छैन । किनकी उनी पनि कौनसा राजनैतिक इमानदार छविका हुन् र ? एउटै निर्वाचनमा दुई-दुई ठाउँबाट पराजित भएको अवस्थामा पनि सरकारी कोटाबाट सांसद मनोनित भएर प्रधानमन्त्रीको अवसर छोप्ने नेताका रुपमा पनि चिनिन्छन् ।
दावाले खायो हावा
अर्का पात्र पनि छन् मनाङमा दावा गुरुङ नामका । उनी खेल खेलाडीका रुपमा चिनिन्छन् । मनाङ कांग्रेसका उनी महाधिवेशन प्रतिनिधि हुन् । गत महाधिवेशनमा उनी केन्द्रीय सदस्यका उमेदवार पनि बनेका थिए । पार्टीगत छवि त्यति राम्रो नभएका उनले मत धेरै पाउने कुरै भएन । तर जबजब चुनाव आउँछ, तबतब उनमा पनि कुनै न कुनै पद ताक्ने मुड चल्छ । २०७० को निर्वाचनमा गाईवाला राप्रपाका भुजुङ गुरुङसँग नारिएर हिँडे, कांग्रेसले चुनाव जित्दाको विजयर्यालीमा उनकै गलामा धेरै खादा थिए । निसंकोच उनी विजयर्यालीमा पनि अग्रपक्तिमै थिए । २०७४ मा पनि खासै सक्रियता जनाएनन्, स्थानीय निकाय निर्वाचनको त उनलाई मतलब नै हुन्थेन ।
हालै सम्पन्न आम निर्वाचनमा उनी कांग्रेसको महाधिवेशन प्रतिनिधि हुँदाहुँदै नागरिक उन्मुक्ति पार्टीको समानूपातिक उमेदवारका रुपमा देखा परे । जेलमा रहेका रेशम चौधरीलाई कसरी प्रभावमा पारेछन्, जनजातिबाट शीर्ष नम्बरमा उनको नाम भएर पनि थ्रेस होल्ड नकाट्दा सांसद हुनबाट भने रोकिए । अब फेरि कांग्रेसकै महाधिवेशन प्रतिनिधिका रुपमा चिनिएलान् कि कांग्रेसले नै अनुशासनको कारवाही गर्ला ?
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार