निर्वाचन प्रणालीमा सुधार गरिनेछ : प्रमुख आयुक्त थपलिया
नेपालबहस संवाददाता
पुस ७, २०७९ बिहिबार २०:३८:३६
७ पुष, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रणालीमा आवश्यक नीतिगत र कानुनी सुधार गरिने बताएका छन् ।
पर्यवेक्षण गर्ने संस्था र अनुगमनकर्तालगायतबाट आउने सुझावसमेतका आधारमा आगामी दिनमा सुधार गरिने थपलियाले बताए ।
मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षणबारे पूर्वन्यायाधीश फोरमको प्रतिवेदन आज बुझ्दै प्रमुख आयुक्त थपलियाले विद्यमान संरचना, कानुन र नीतिभित्र रहेर गर्न सकिने सुधार यहीभित्रबाट र गर्न नसकिने सुधार कानुन संशोधन गराएर गर्न आयोगले तयारी गरेको बताए ।
उनले निर्वाचन कानुन, व्यवस्थापन र प्रक्रियाका सम्बन्धमा देखिएका सवाल तथा अन्योलबाट स्पष्ट हुँदै क्रमशः सुधारको बाटोमा जान पूर्वन्यायाधीश फोरमले दिएका सुझाव मनन् गरिने पनि उल्लेख गरे ।
प्रतिवेदन बुझाउँदै फोरमका अध्यक्ष टोपहादुर सिंहले निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरण सम्पन्न गरेकामा निर्वाचन आयोगलाई धन्यवाद दिँदै आगामी दिनका लागि सुधार्नुपर्ने पक्षमा सुझाव प्रस्तुत गरेका थिए ।
सम्पन्न निर्वाचनमा फोरममा आवद्ध ३२ पूर्वन्यायाधीशले विभिन्न १५ जिल्लामा पर्यवेक्षण गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
पुष २८, २०८१ आइतबार
पोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
पुष २८, २०८१ आइतबार
लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने
पुष २८, २०८१ आइतबार
रवि लामिछानेलाई अदालतबाट लगियो प्रहरी हिरासतमा
पुष २८, २०८१ आइतबार
महान्यायाविक्ता कार्यालयः गत आवमा ६८ दशमलव २७ प्रतिशत मुद्दामा सफलता
पुष २८, २०८१ आइतबार