परिषदको मिलेमतोमा पार्किङ शुल्कमा मनपरी, उठेको करोडौं रकमको छैन हिसाब !
नेपालबहस संवाददाता
पुस ७, २०७९ बिहिबार २१:५:७
७ पुष, काठमाडौं । सार्वजनिक सडक पार्किङका लागि निषेधित क्षेत्र हो । सरकारी स्वामित्वमा रहेको पार्किङस्थलमा पनि सर्वसाधारणले तिरेको शुल्कको हिसाब हुन्छ । पार्किङ शुल्क उठाउन ठेक्का दिने र लिने बीच भएको सहमति अनुसार हिसाबकिताब मिलाउने कानूनी प्रक्रिया हो । तर, संघीय राजधानीको मुटुमा रहेको भृकुटीमण्डप र प्रर्दशनीमार्गको निषेधित क्षेत्रमा सर्वसाधारणबाट दैनिक लाखौं रकम उठाइन्छ । तर, यसको हिसाब भेटिदैन् ।
भृकुटीमण्डप क्षेत्र नेपाल सरकारको स्वामित्वमा रहेको समाजकल्याण परिषद अन्तर्गतको हो । यहाँ विभिन्न व्यापार र व्यवसायका लागि समाजकल्याण परिषदसँगै ठाँउ वा सटर भाडामा लिनुपर्छ । यसरी व्यापार व्यवसाय गर्दै आएकाहरुले पनि पार्किङ गर्नुपर्छ ।
भृकुटीमण्डपको गेट अगाडीको सडक सार्वजनिक सडक हो । तर, यहाँ पनि समाज कल्याण परिषदका कर्मचारी र ठेकेदारको मिलेमत्तोमा सशुल्क पार्किङ बनाइएको छ । यो सडकमा राखिएको पार्किङबाट मात्रै दैनिक लाखको हाराहारीमा रकम उठ्छ । यो क्षेत्रबाट उठेको रकम परिषदका कर्मचारी र पार्किङ चलाउने समूहबीच भागबण्डा गरिन्छ ।
परिषद कर्मचारी स्रोतका अनुसार यसरी उठेको रकमको भाग मन्त्रीसम्म पुग्ने भएकाले परिषदको खातामा हिसाब जाँदैन भने तल्लो तहका कर्मचारीले पनि भाग पाउँदैनन् । दैनिक एक लाखका दरले शुल्क उठाइदा पनि तीन महिनामा एक करोड पुग्छ । यो त भयो, सार्वजनिक सडकको मात्रै शुल्कको कुरा । यो क्षेत्र अन्य भित्र पार्किङहरु पनि जसको पनि सही हिसाब किताबबारे प्रश्न उठिरहेका छन् । यस्ता अनेकाैं अनियमितताका काण्डबाट मुछिँदै आएको समाजकल्याण परिषद फेरी यस्तै विवादमा फसेको छ । शुल्क ठगी प्रकरण देख्दा सामान्य हो । तर, भित्रभित्रै करोडमाथिको चलखेल हुन्छ ।
नेपाल ल क्याम्पसको गेटै अगाडी पिच सडकमा यतिबेला सःशुल्क पार्किङको तुल झुण्ड्याइएको छ । उक्त तुलमा ‘भृकुटीमण्डप पार्किङ’ भनेर लेखिएको छ । प्रतिघन्टा चार पाड्ग्रे सवारीको ५० रुपैयाँ र दुई पाड्ग्रे सवारीको २५ रुपैयाँ शुल्क तोकिएको छ । अचम्म के छ भने, सरकारी जग्गामा कसको स्वीकृतिमा कसले त्यसरी खुलेआम महंगो सःशुल्क पार्किङको धन्दा चलाएको छ भन्ने कुराको जानकारी कसैलाई छैन् । स्वयम जग्गाको स्वामित्व बोकेको समाजकल्याण परिषद्को भृकुटीमण्डप सञ्चालन कार्यालय पनि बेखवर जस्तै बसेको छ ।
यो कार्यलय मौन बस्नुको पछाडी रकम हिनामिनमा भएको मिलेमत्तो नै हो । यस्ता पार्किङबाट तलबभन्दा राम्रो कमाइ हुने र थोरै नजराना माथि बुझाउँदा कारवाही पनि नपरिने भएपछि यस कार्यलयका कर्मचारी तै चुप मै चुप छन् । राजधानीमा पार्किडको धन्दा गर्ने समुह धेरै छन् । उनीहरुको पहुँच माथिल्ला शक्तिकेन्द्र सम्मै छ । देख्दा सामान्य लाग्ने यो धन्दाबाट मासिक लाखौं–लाखको कारोबार हुन्छ । त्यसमाथि पनि भृकुटीमण्डप क्षेत्र व्यापारिक एवम् कलेज क्षेत्र भएकाले दैनिक राम्रै कारोबार हुने गर्छ । तर, यसरी असुलिएको रकम कहाँ जान्छ, कसकसलाई भागवण्डा हुन्छ भन्ने कुरा यो अज्ञात छ ।
अहिले देखिने पात्र भनेको हरिगोपाल अमात्य सञ्चालक रहेको अमात्य सप्लायर्स हो । यसले खेल मनोरञ्जनका लागि उक्त सडकसँगैको जग्गा ५ वर्षका लागि भाडामा लिएको छ । तर, उसले उक्त क्षेत्रमा सञ्चालनमा ल्याएको खेल मनोरन्जनको नाम ‘भृकुटी फनपार्क’ राखेको छ ।आफ्नो अधिनमै नभएको सार्वजनिक पिच सडकमा ‘भृकुटीमण्डप पार्किङ’ नाम राखेर अवैद्य घन्टे शुल्क उठाइरहँदा समाजकल्याणका कर्मचारी मौन छन् । उनीहरु थाहा नभएझै बसेका छन् ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले सडकमा पार्किङ गर्न रोक लगाएपछि खुलेआम भृकुटीमण्डप नाम दिएर यो अवैद्य पार्किङको जन्म भएको हो । कसले, कसको आदेशमा, कोसँग स्वीकृति लिएर सार्वजनिक त्यसमा पनि सडकमै पार्किङ शुल्क उठाउन थालेको हो, यसबारे ट्राफिक प्रहरीसमेत अनयोलमा छ । यसरी राजधानीको मुटुमै खुलेआम सर्वसाधार ठगेर कमाइरहेकाहरुको खोजी कसैले गरेको छैन् । उत्तरदायी बन्नुपर्ने समाजकल्याण आफै संलग्न भएकाले यो क्षेत्रबाट वार्षि करोडौं राजश्व गुमिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगौतम अडानी र उनका भतिजासहित सात जनाविरुद्ध अमेरिकाको न्यूयोर्कस्थित अदालतमा सुनुवाइ सुरु
मंसिर १०, २०८१ सोमबार
महानिर्देशक अधिकारीलाई भ्रष्टाचारी भन्दै विरोध प्रदर्शन ( फोटो फिचर )
मंसिर ९, २०८१ आइतबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार