लुम्बिनीमा ‘सडक खाना महोत्सव’ हुँदै
नेपालबहस संवाददाता
पुस ७, २०७९ बिहिबार २१:१७:५९
७ पुष, भैरहवा । लुम्बिनीमा यही पुस १६ गत नवौं सडक खाना तथा सांस्कृतिक महोत्सव हुने भएको छ । लुम्बिनी होटल संघ नेपालको आयोजनामा अङ्ग्रेजी नयाँ वर्षको अवसर पारी लुम्बिनीमा सडक खाना महोत्सवको आयोजना हुँदैछ ।
महोत्सबबारे जानकारी दिने उद्देश्यले लुम्बिनीमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष गोविन्द ज्ञवालीले महोत्सवमा स्थानीय खानपिनका परिकारका साथै लुम्बिनीमा रहेका अन्तर्राष्ट्रिय बिहारहरूको सहयोगमा चीन, जापान, कोरिया, भियतनाम, कम्बोडिया, म्यानमार, श्रीलंका आदि देशका परिकार पनि सामेल गराउने जानकारी दिए ।
महोत्सवमा स्थानीय थारू समुदाय मुस्लिम समुदाय पश्चिमी तराईका ब्राह्मण समुदाय आदिका खानपिनका साथै पाल्पाको झिनिया रोटी, बटुक हासको छोइला, चुकौनी, इम्रितीलगायतका खानेकुरा सडक खाना महोत्सवमा रहने उनले बताए । महोत्सवमा नौमती पञ्चेबाजा, विरहा, थारू झुमराका साथै आधुनिक पप÷डिजे गीत संगीतको व्यवस्थासमेत मिलाइएको छ ।
लुम्बिनी होटल संघ नेपाल प्रमुख आयोजक भए पनि महोत्सव आयोजनामा पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालय लुम्बिनी प्रदेश, पर्यटन डिभिजन कार्यालय, रूपन्देही, लुम्बिनी विकास कोष, लुम्बिनी पर्यटन विकास परिषद्, लुम्बिनी सांस्कृतिक नगरपालिका, सिद्धार्थ उद्योग वाणिज्य संघ र होटल तथा रेष्टुरेष्ट व्यवसायी संगठन रुपन्देहीलगायतका संघसंस्था र निकायसमेतले आयोजकका रूपमा सहयोग गरेको अध्यक्ष ज्ञवालीले बताए ।
लुम्बिनी होटल संघ नेपालले होटल कोठामा ३० प्रतिशत छुटमा उपलब्ध गराउने संघका वरिष्ठ उपाध्यक्ष लीलामणि शर्माले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाटे बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु
पुष २८, २०८१ आइतबार
मायादेवी मन्दिरमा एक करोड ४३ लाख दान सङ्कलन
पुष २४, २०८१ बुधबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
पुष २८, २०८१ आइतबार
पोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
पुष २८, २०८१ आइतबार
लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने
पुष २८, २०८१ आइतबार
रवि लामिछानेलाई अदालतबाट लगियो प्रहरी हिरासतमा
पुष २८, २०८१ आइतबार
महान्यायाविक्ता कार्यालयः गत आवमा ६८ दशमलव २७ प्रतिशत मुद्दामा सफलता
पुष २८, २०८१ आइतबार