कानूनविपरित मुख्यमन्त्री पाण्डेले लिए संघीय सांसदको शपथ, राजीनामा दिने
नेपालबहस संवाददाता
पुस ७, २०७९ बिहिबार २१:१५:५८
७ पुष, काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्षसमेत रहेका बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले कानूनविपरित संघीय सांसदको शपथ लिएका छन् । उनले संघीय सांसदको शपथ लिएपछि गैरकानूनी भएको भन्दै चारैतिर विरोध भएको छ । पार्टी र सार्वजनिक रुपमा विरोध भएपछि उनले मुख्यमन्त्री पदबाट राजीनामा दिने भएका छन् ।
पाण्डले राजीनामा दिने तयारी गरेको मुख्यमन्त्रीको कार्यलयले जनाएको छ । उनले आज वा भोलीभित्रमा राजीनामा गर्ने जानकारी गराएको बाग्मती प्रदेश मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । उनको शपथले संवैधानिक जटिलता सिर्जना गरेको भन्दै राजीनामा गराउने विषयमा पार्टीले पनि दवाव दिएको बताइएको छ ।
बिहीबार संघीय सांसदको शपथ लिएसँगै उनको भूमिका प्रदेशको मुख्यमन्त्री र प्रतिनिधिसभा सदस्यको दोहोरो हुन नहुने भएपछि उनले राजीनामा दिने भएका हुन् । मुख्यमन्त्री पदबाट राजीनामा नगरी पाण्डेले प्रतिनिधिसभा सदस्यको शपथ लिएपछि चौतर्फी उनको आलोचना भइरहेको छ ।
प्रदेश सरकारका प्रवक्ताले पनि पाण्डेले शुक्रबार पदबाट राजीनामा बताएका छन् । पार्टीको आन्तरिक छलफलको क्रममा उनले शपथ ग्रहणपछि राजीनामा दिने भनेको र कानुनले प्रदेशको मुख्यमन्त्रीले प्रतिनिधिसभाको शपथका विषयमा केही खुलाएको छैन् । मुख्यमन्त्री पाण्डेले प्रदेश प्रमुखसमक्ष राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने बताइएको छ ।
पाण्डेले ०७८ कातिक ११ गते प्रदेशको मुख्यमन्त्रीको रुपमा जिम्मेवारी सम्हालेका थिए । पाण्डे नेकपा एकीकृत समाजवादीको केन्द्रीय उपाध्यक्षसमेत रहेका छन् । प्रदेशसभा सचिवालयले सांसदको शपथ, नयाँ अधिवेशनको कार्यसूची तय गर्न शुक्रबार नै सर्वदलीय बैठक आह्वानसमेत गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार