शपथ ग्रहणलगत्तै गगन थापाले उठाए राष्ट्रपतिको भूमिकाबारे प्रश्न
नेपालबहस संवाददाता
पुस ७, २०७९ बिहिबार २२:७:३६
७ पुष, काठमाडौं । कांग्रेस महामन्त्रीसमेत गगनकुमार थापाले राष्ट्रपतिको भूमिकाबारे सदनमा छलफल हुनुपर्ने बताएका छन् । नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहणपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले अब राष्ट्रपतिको भूमिकाबारे सदनमा छलफल हुनुपर्ने बताएका हुन् ।
सार्वभौम सम्पन्न संसदले पास गरेर पठाएका विधेयकलाई राष्ट्रपतिले आफ्नो मनको आधारमा ठिक वा बेठिक भन्नु सदनको अधिकार खोसिएको हुने भन्दै थापाले राष्ट्रपतिको भूमिकाबारे संसदमा छलफल हुनुपर्ने बताएका हुन् ।
संघीय संसदका दुवै सदन राष्ट्रियसभा र प्रतिनिधिसभाले पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेर राखेकी छन् ।
हालै सरकारले पठाएको मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ संशोधन गर्न बनेको अध्यादेश पनि राष्ट्रपति भण्डारीले रोकेकी छन् ।
नागरिकता विधेयकबारे संसदमा छलफल हुनुपर्ने बताउँदै उनले राष्ट्रपतिलाई दिएको भूमिकाबारे पनि छलफल हुनुपर्ने बताएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
पुष २८, २०८१ आइतबार
पोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
पुष २८, २०८१ आइतबार
लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने
पुष २८, २०८१ आइतबार
रवि लामिछानेलाई अदालतबाट लगियो प्रहरी हिरासतमा
पुष २८, २०८१ आइतबार
महान्यायाविक्ता कार्यालयः गत आवमा ६८ दशमलव २७ प्रतिशत मुद्दामा सफलता
पुष २८, २०८१ आइतबार