प्रदेश १ का सिंचाइमन्त्री राईद्वारा राजीनामा
नेपालबहस संवाददाता
पुस ७, २०७९ बिहिबार २२:३३:२६
७ पुष, मोरङ । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा खोटाङ जिल्लाबाट प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका प्रदेश नम्बर १ का खानेपानी, सिंचाइ तथा ऊर्जामन्त्री रामकुमार राईले राजीनामा दिएका छन् । उनले संघीय सांसदको शपथग्रहणको एक दिन अगाडि नै राजीनामा दिएपनि सार्वजनिक गरेका थिएनन् ।
उनले बुधबार नै मुख्यमन्त्री राजेन्द्रकुमार राई समक्ष राजीनामा दिएको मन्त्री राईका स्वकीय सचिव जीवन राईले जानकारी दिए ।
२०७८ कार्तिक १६ राजेन्द्रकुमार राई मुख्यमन्त्री नियुक्त भएपछि खोटाङका राईलाई २०७८ माघ २३ गते खानेपानी, सिंचाइ तथा उर्जा मन्त्रीमा नियुक्त गरेका थिए ।
राईले निर्वाचनमा खोटाङबाट एमाले नेता विशाल भट्टराईलाई पराजित गरेका हुन् । भट्टराईले २८ हजार ६८२ मत ल्याउँदा राईले ३१ हजार ३५१ मत ल्याएर विजयी बनेका हुन् । उनले संघीय सांसद पदको शपथ बिहीबार लिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत
पुष २८, २०८१ आइतबार
बागमती गोल्डकप फुटबल फागुनमा
पुष २८, २०८१ आइतबार
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
पुष २८, २०८१ आइतबार
पोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
पुष २८, २०८१ आइतबार
लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने
पुष २८, २०८१ आइतबार