सत्ता गठबन्धन नफुटेसम्म अगाडि नबढ्ने अध्यक्ष ओलीको रणनीति
नेपालबहस संवाददाता
पुस ७, २०७९ बिहिबार २२:४०:२४
७ पुष, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनमा विभाजन नआएसम्म सरकार गठनका विषयमा एमाले अगाडी नबढ्ने पार्टी सचिवालयका सदस्यहरुलाई जानकारी गराएका छन् । बिहीबार बिहान बालकोटस्थित ओली निवासमा बसेको सचविालय बैठलाई ब्रिफिङ गर्दै अध्यक्ष ओलीले सरकार बनाउने विषयमा एमाले अघि सर्नका लागि सत्ता गठबन्धनमा फुट आउन आवश्यक हुने बताएका हुन् ।
सत्ता गठबन्धनलाई विभाजन गर्न अनेक अस्त्रको प्रयोग गरिहँदा पनि औली अहिलेसम्म सफल हुन सकेका छैनन् । मूलतः नेकपा माओवादीलाई सत्ता गठबन्धनबाट अलग्याउने उनको योजना छ । बैठकमा एमालेले सरकारका लागि मरिहत्ते नगर्ने र गठनबन्धन टुटे मात्र अघि बढने भन्ने बारे अध्यक्षले जानकारी गएको बैठकमा सहभागि एक नेताले बताए ।
उनले अहिले नेकपा एमालेले सरकार गठनका सन्दर्भमा पर्ख र हेरको नीतिमा बसिरहने बताए । उनको भनाइमा सत्तारुढ गठबन्धनको अवस्था हेरेर मात्रै सरकार गठनमा अघि बढ्ने ओलीको तयारी छ । नत्र ओलीले सरकारका लागि मरिहत्ते नगर्ने जनाउ दिएका छन् । सांसदको शपथ अगाडी बालकोटमा ओलीले सचिवालय बैठकमा बोलाएका थिए ।
ओलीको भनाइ उद्धृत गर्दै उनले भने,‘ गठबन्धन टुटे मात्रै एमाले अगाडी बढ्छ । सरकारका लागि मरिहत्ते गर्दैन । सत्ता गठनबन्धनको अवस्था हेर्छ । गठबन्धनले के गर्छ त्यो हेरौँ ।’ शक्ति बाँडफाँटले कांग्रेस र माओवादी केन्द्रबीच विवाद बढेर सत्ता गठबन्धनमा तिक्तता पैदा हुने आकलनसहित ओलीले वैकल्पिक गठबन्धन निर्माणको गृहकार्य गरेका थिए । सत्ता गठबन्धन भत्काएर आउने दलहरूसँग शक्ति बाँडफाँटमा उदार रहने रणनीतिका साथ ओलीले अनौपचारिक रुपमै नेताहरु खटाएका थिए ।
ति नेताका अनुसार अध्यक्ष ओलीले निकट नेताहरूमार्फत माओवादी र एकीकृत समाजवादीसँग संवाद अघि बढाउन भनेका छन् । तर, उनीहरु सहकार्यका लागि पहिला सत्ता गठबन्धनबाट बाहिरिनुपर्ने सर्त अनौपचारिक रूपमा राखिएको छ । फरक–फरक स्वार्थसहित वैकल्पिक गठबन्धन र शक्ति बाँडफाँटका सम्भावित विकल्पमाथि एमाले र माओवादीभित्र छुट्टाछुट्टै जोडघटाउ पनि चलिरहेको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले शक्ति बाँडफाँटमा कांग्रेसले सम्मानजनक व्यवहार नगरे विकल्प सोच्न सकिने बताइरहेका बेला ओलीले सचिवालयका सदस्यलाई पार्टीको धारणा दिएका हुन् । कांग्रेस वा एमाले जोसँग सहकार्य गरेर भए पनि पहिलो कार्यकाल आफैं प्रधानमन्त्री बन्ने दाहालको चाहनामाथि ओली खेलिरहेका छन् । सत्ता गठबन्धन कायम रहेसम्म केन्द्र र प्रदेश दुवैतिर आफ्नो नेतृत्वमा सरकार बन्न नसक्ने भएकाले ओलीको जोड गठबन्धन भत्काउनेमै केन्द्रि छ ।
गठबन्धन भत्किए कांग्रेसलाई बहुमत नपुग्न सक्छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमाले नेतृत्वमा जसपा र राप्रपासहितको तालमेल थियो । प्रतिनिधिसभामा एमालेको ७८, राप्रपाको १४ र जसपाको १२ सिट छ । बहुमत १ सय ३८ पुर्याउन थप ३४ सिट चाहिन्छ । माओवादी थपिए १ सय ३६ सिट हुन्छ । एकीकृत समाजवादीको १० सिट पनि जोडिँदा बहुमत पुग्छ । तर, यसका लागि सत्ता गठबन्धनमा विभाजन आउनुपर्छ ।
यसअघि ओलीले माओवादीका महासचिव देव गुरुङमार्फत सत्ता गठबन्धन भत्काए सहकार्य गर्न सकिने सन्देश पठाएका थिए । गठबन्धन भत्काए सहकार्य गर्न तयार छौं भनेर आए सार्वजनिक रूपमा माओवादीसहित वाम शक्तिहरूबीचको एकतामा जोड दिन सकिने ओलीको सन्देश थियो । उपाध्यक्ष विष्णु पौडेलले पनि केही दिन अगाडि खुमलटार पुगेर माओवादी अध्यक्ष दाहालसँग ओलीको सन्देश अनुसार सहकार्यका लागि विकल्प खोज्न भनेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार