प्रधानमन्त्रीबारे प्रचण्डमाथि अर्को षडयन्त्र, चीन सन्देशले ओली आशावादी !
कुसुम सेञ्चुरी
पुस ८, २०७९ शुक्रबार १८:४२:३
८ पुष, काठमाडौं । नयाँ सरकार गठनका लागि आवश्यक बहुमत पुर्याउने कसरत भइरहेका बेला प्रधानमन्त्री र राष्ट्रपति पदलाई लिएर प्रमुख दलहरुबीच षडयन्त्रमूलक रस्साकस्सी जारी छ । पटकपटक अरुलाई प्रधानमन्त्री बनाउन सहयोग गर्दै आएको उदाहरणसहित अब आफ्नो पालो रहेको भन्दै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको दावी गरिरहँदा यसैलाई भर्याङ बनाएर सत्ता गठबन्धनमा विभाजन ल्याउन नेकपा एमाले भरपुर प्रयास गरिरहेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली सत्ता गठबन्धनबाट प्रधानमन्त्रीको दावी गरिरहेको माओवादी अध्यक्ष प्रचण्डलाई बाहिर निकाल्ने प्रयासमा निरन्तर लागिरहेका छन् । उनको यो प्रयास प्रचण्डलाई प्रधानमन्त्री बनाउनभन्दा पनि राष्ट्रपति पद कसरी हात पार्ने भन्नेमा केन्द्रित देखिएको छ । यसैका लागि उनले पार्टीको सचिवालय बैठकमा नै जसरी पनि सत्ता गठबन्धन फुटाउने कार्यमा एमालेको पूर्णशक्ति लगाउन निर्देशन नै दिएका छन् ।
एमाले अध्यक्ष ओलीको रणनीतिलाई बुझेको सत्ता गठबन्धनले पनि राष्ट्रपतिले सरकार गठनका लागि आवश्यक संख्यासहित प्रधानमन्त्रीमा दावी पेस गर्न दिएको समय नजिकिँदै जाँदा सत्तासमीकरण र पदीय भागबण्डामा नयाँ रणनीति अख्तियार गर्ने तयारी गरेको छ । यो तयारी अनुसार पहिलो चरणको प्रधानमन्त्री माओवादीका अध्यक्ष प्रचण्डलाई दिएर राष्ट्रपति कांग्रेस लिने बिहीबार साँझ मोटामोटी तीन नेताबीच सहमति भएको बताइएको छ ।
प्रधानमन्त्रीका विषयमा कांग्रेस लचक हुँदा अन्य शक्ति बाँडफाँटमा पनि सहमति हुने अपेक्षा गरिएको थियो । तर, यो आंशिक सहमतिको सूचना बाहिरएसँगै प्रधानमन्त्रीमा दावी गरिरहेका प्रचण्डलाई सत्ता गठबन्धनबाट प्रधानमन्त्री हुन नदिने षडयन्त्र सुरु भएको छ । ओलीलाई साथ दिने यो षडयन्त्रको योजनाकार प्रचण्डकै विश्वासपात्र वर्षमान पुन देखिएका छन् । उनी उपचार सकेर चीनबाट फर्किएपछि बुधबार साँझ नै एमाले अध्यक्ष ओलीसामू चिनियाँ सन्देश पुर्याका थिए । चीनले बाम गठबन्धन बनाएर सरकार बनाउन सबै कम्युनिष्ट नेताहरुलाई सन्देश पठाएको छ ।
माओवादीका उपमहासचिव वर्षमान पुन मंसिर १६ गते उपचार गराउन भन्दै चीन गएका थिए । त्यहाँ उनको चिनियाँ नेताहरुसँग नेपालको निर्वाचन र सरकार गठनका विषयमा कुराकानी भएको र त्यही कुराकानी अनुसार पुनले नेपालमा आएर सत्ता गठबन्धनबाट प्रधानमन्त्री बन्न प्रचण्डलाई रोक्ने खेल सुरु गरेको प्रचण्ड निकट स्रोत बताउँछ । चीनले दिएको सल्लाह अनुसार प्रचण्ड पनि गठबन्धन छोडेर आउन सक्ने संकेत पाएको भन्दै आलीले यसै विषयमा छलफल गर्न बिहीबार बिहान सचिवालयको बैठक बोलाएका थिए ।
महासचिव पुनको यो षडयन्त्रमूलक खेलबारे प्रचण्ड पनि जानकार छन् । पुनले प्रचण्डलाई र ओलीलाई एउटै सन्देश सुनाएका थिए । यो विषयमा प्रचण्ड र प्रधानमन्त्री देउवाबीच पनि छललफल भएको थियो । दिउँसो सांसदको शपथग्रहण पछि अबेर प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादीका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको थियो । कांग्रेस संस्थापन इतरसमूहबाट पनि राष्ट्रपति र सभामुख लिएर पहिलो चरणको प्रधानमन्त्री प्रचण्डलाई दिन दवाव परेको थियो ।
संस्थापन पक्षका नेताहरुको पनि यही आशयको सुझाव आएपछि देउवा प्रधानमन्त्री छाड्न लचक देखिएका हुन् । अन्य दलहरुसँग सरकार बनाउने विषयमा छलफल गरिरहेको कांग्रेसका एक नेताले भने, ‘सभामुखमा सहमति जुटेको छैन् । आइबार साँझ सम्ममा राष्ट्रपति सभामुख र प्रधानमन्त्रीमा सहमति हुन्छ । सम्भवत पहिलो चरणमा प्रचण्डनै प्रधानमन्त्री बन्नुहुन्छ । अब सत्ता गठबन्धन नयाँ कोर्षबाट अगाडी बढ्छ । सभामुखमा पनि कांग्रेसको दावी छ ।’
पुन चीनबाट फर्किएर बाम गठबन्धनका पक्षमा मत जुटाउन पर्ने चीनको सन्देश सुनाएपछि ओली पनि सत्ता गठबन्धन टुटनेमा आशावादी देखिएका छन् । तर, उनको यो रणनीति सफल हुने सम्भावना भने कम छ । प्रचण्डले सत्ता गठबन्धन छोड्ने आवस्था आएपनि माधव नेपालको नेतृत्वमा रहेको नेकपा एस एमालेसँग जोडिने पक्षमा छैन् । उनले नेपालाई छाडेर एमालेमा जाँदा पनि प्रधानमन्त्री बन्ने सम्भावना कम मात्र देखिएको छ ।
प्रधानमन्त्रीका लागि गठबन्धलाई छोडर जाँदा उनीमाथि अरु धरै आरोपहरु पनि लाग्ने सम्भावना छ भने एमाले अध्यक्ष ओलीले प्रचण्डलाई घर न घाटको बनाउन प्रधानमन्त्री बनाउने अस्त्र फालेको भन्ने भनाइहरु पनि राजनीतिक बृतमा चर्चामै छन् । यसैले पनि प्रचण्ड हरहालतमा सत्ता गठबन्धनबाटै प्रधानमन्त्री बन्ने कोशिशमा छन् । झन प्रधानमन्त्रीका लागि कांग्रेसले लचक हुने संकेत दिएपछि प्रचण्ड एमालेतिर मिल्न जानेकुरा त्यति सम्भव नदेखिएको नेताहरु बतउँछ ।
सत्ता गठबन्धनमा रहेर तीनै तहकामा चुनाव लडेको नेकपा माओवादीलाई यतिबेला केही माओवादीकै नेताहरुले फरक समीकरण बनाउ प्रयास गर्नुलाई एमालेले पनि विश्वास गरेको छैन् । तर, प्रचण्डकै विश्वासपात्रका रुपमा काम गरिरहेका वर्षमान पुनको पछिल्लो गतिविधिले माओवादीकै नेताहरुलाई सशंकित बनाएको छ । प्रचण्डले अहिलेसम्म गठबन्धन छाड्ने कुनै पनि संकेत देखाएका पनि छैनन् । उनले एमालेलाई देखाएर सत्ता बार्गेनिङ भने गरिरहेका छन् ।
आधा आधा कार्यकाल मध्ये शुरुको कार्यकालमा आफूलाई चाहिने भन्दै अध्यक्ष प्रचण्डले अहिलेकै सत्ता गठबन्धन कायम राख्ने भए आफूलाई पहिलो चरणमै प्रधानमन्त्रीमा समर्थन गर्न कांग्रेसलाई अल्टिमेटम दिदै आएका हुन् । कांग्रेस नेताहरुको भनाइमा उनको यो चाहना पनि पुरा हुने वातावरण बन्दै गएको छ । बालुवाटारमा बिहीबार साँझ भएको गठबन्धनका शीर्ष नेताहरूको छलफलपछि भने प्रचण्ड पनि आशावादी देखिएका छन् । उनले शुक्रबारसम्म प्रधानमन्त्री देउवाले पार्टी नेताहरूसँग छलफल गरेर निर्णय दिने आस गरेका छन् ।
प्रधानमन्त्री पाए शक्ति बाँडफाँटका अरु विकल्पमा माओवादी लचिलो हुने उनको संकेत छ । तर, यसमा एमाले नेताहरूले पनि प्रचण्डलाई हरियो बत्ती देखाउन छाडेका छैनन् । अध्यक्ष ओलीनै अझै गठबन्धन फुटाउन सकिने आसमा बसेका छन् । वाम गठबन्धनका लागि चीन भ्रमणबाट फर्केका माओवादी उपमहासचिव वर्षमान पुनले कांग्रेससँगको सहकार्यलाई टुटाउने गरी सन्देश लिएर आएपछि ओलीको मनोबल पनि बढेको देखिएको छ ।
यही सूचना अनुसार नेकपा एमालेको सचिवालय बैठकले निर्वाचनको जनादेशअनुसार विशेष भूमिका निर्वाह गर्दै अगाडि बढ्न अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मेवारी दिने निर्णय गरेको हो । जसरी पनि गठबन्धन भत्काउने र त्यसपछि मात्रै सरकार बनाउने विषयमा एमाले नेताहरुको माओवादीसँग संवाद पनि जारी नै छ । नेकपा विघटन भएपछि एकले अर्कोलाई तल्लो तहसम्म झरेर लगाउने आरोप, गालीगलौज गरेका कारण यी दुई दलका नेताहरुबीच बन्द रहँदै एकआपसको बोलचाल पनि यही समीकरणका विषयले खुलाएको हो ।
राष्ट्रपति बिद्यादेवी भण्डारीले पुष ३ गते ७ दिनको समय दिएर सरकार गठन गर्न आह्वान गरिसकेकी छिन् । त्यसको समय आइतबार सकिदै छ । आइतबार अघि नै प्रधानमन्त्रीको विषय टुग्याउन माओवादीले कांग्रेसलाई भनिरहेको छ । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्त गर्नका लागि नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले धारा ७६ को उपधारा (२) बमोजिम सरकार गठन आह्वान गरेकी हुन् । त्यसअघि नै सरकार गठनको प्रक्रिया बहुमत पुर्याएर दलहरु जानुपर्ने हुन्छ । सत्ता गठबन्धनबाट को प्रधानमन्त्री भन्ने विषयमा अब खासै विवाद नहुने देखिएको छ ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थप'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
मंसिर २४, २०८१ सोमबार
सभापति देउवाले वरिष्ठ नेताबारे निर्णय नगर्दा कांग्रेसमा सधैं वरीयता विवाद
मंसिर २३, २०८१ आइतबार
बीआरआई सहकार्य फ्रेमवर्कपछि गठबन्धनमा खटपट बढेको आशंका, कांग्रेस नेताहरु बीच नै मतभेद
मंसिर २१, २०८१ शुक्रबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
एनपीएलमा आज पोखरा र विराटनगर तथा काठमाडौं र जनकपुर भिड्दै
मंसिर २७, २०८१ बिहिबार
जाजरकोटमा जिप दुर्घटना, ५ जनाको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
हतियारमा ‘धार’ लगाएर जीविकोपार्जन गरिरहेका ७० वर्षीय मुखिया
मंसिर २७, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर २७, २०८१ बिहिबार
काठमाडौं उपत्यकामा चिसो बढ्यो, न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस
मंसिर २७, २०८१ बिहिबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार