राय र राईले प्रतिनिधिसभा सदस्यका शपथ लिँदै
नेपालबहस संवाददाता
पुस ८, २०७९ शुक्रबार १७:११:२९
८ पुष, काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव र नेकपा (माओवादी केन्द्र)का रामकुमार राईले आज प्रतिनिधिसभा सदस्यको शपथ लिँदैछन् ।
बिहीबार शपथग्रहण गर्न छुटेका उनीहरूले शुक्रबार बिहान साढे ११ बजे संसद भवन नयाँ बानेश्वरमा ज्येष्ठ सदस्य पशुपति शमशेर राणासमक्ष शपथ लिँदैछन् ।
यादव माओवादी केन्द्रको चुनाव चिह्न लिएर सर्लाही २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । राई खोटाङबाट निर्वाचित माओवादी केन्द्रका सांसद हुन् ।
संसद सचिवालयका अनुसार उपत्यका बाहिर रहेका यादव र राई दुवै मौसम प्रतिकूलताका कारण हवाइ उडान ढिलो हुँदा बिहीबारको शपथग्रहण सहभागी हुन सकेका थिएनन् ।
प्रतिनिधिसभाका २७५ मध्ये २७१ जनाले बिहीबार नै शपथ खाइसकेका छन् । बाँकी ४ मध्ये राई, राय, नेपाली कांग्रेसका माया राई र नेकपा (एकीकृत समाजवादी)का प्रेम आलेको शपथ बाँकी रहेको थियो । माया राई सुत्केरीका अस्पतालमा र आले आमाको निधनमा किरिया बसेका कारण अनुपस्थित थिए । माया र प्रेमको शपथ पछि नै गरिने भएको संघीय संसद सचिवालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार