काठमाडौंमा सरकार गठनकाे कसरत भइरहँदा राजेन्द्र लिङ्देन झापामा भक्का खाँदै
नेपालबहस संवाददाता
पुस ८, २०७९ शुक्रबार १७:५९:७
८ पुष, काठमाडौं । काठमाडौंमा सत्ताको खेल सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको प्रधानमन्त्री दाबी गर्न दिएको १० पुसको समयसीमा घर्कंदै गएका बेला कसको नेतृत्वमा नयाँ सरकार गठन गर्ने भन्ने बहस र कसरत घनिभूत चलिरहेको छ । सत्तागठबन्धनमा आवद्ध दलका नेताहरू अहिलेकै गठबन्धनलाई निरन्तरता दिने निर्णयमा पुगेका छन् । तर, पहिलो चरणमा को प्रधानमन्त्री बन्ने भन्ने विषय पेचिलो बन्दा दलहरूबीच सघन छलफल हुन बाँकी नै छ ।
यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी जबर्जस्त रूपमा उदय भएका छन् । यी चारमध्ये जनमत र नागरिक उन्मुक्ति पार्टी सरकारमा जान चाहेका छन् । रास्वपाले पनि सरकारमा जाने मनस्थिति बनाएको छ । तर, उसले अन्य दलसँग छलफल थालेको छैन ।
अघिल्लो निर्वाचनमा १ एक सिट जितेको राप्रपाले यसपटक प्रत्यक्ष र समानुपातिकमा गरी सात सात सिट जितेर १४ सांसद पाएको छ । तर, राप्रपाले सरकारमा जाने सोच बनाएको देखिन्न । त्यही भएर सो पार्टीका अध्यक्ष समेत रहेका संघीय सांसद राजेन्द्र लिङ्देन अहिले सत्ताको खेल चल्दै गर्दा गृहजिल्ला झापा पुगेका छन् । राताे क्याप, रातै ज्याकेट र स्पाेर्टस शुजमा उनी स्थानीय बजारमा सहयाेगीसहित भक्का खाना बसेका छन् । उनले संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल एमाले मिलेर स्थिर सरकार बनाउन् भन्ने अभिव्यक्ति दिएका छन् । राप्रपा एमालेसँग गठबन्धन गरेर चुनावमा गएको थियो ।
‘हामी सत्ताको दौडमा छैनौं, अध्यक्ष राजेन्द्र लिङ्देन झापाको आफ्नो निर्वाचन क्षेत्रमा पुगेर थारू परिकार भक्का खाँदै हुनुहुन्छ। काठमाडौंमा नयाँ सरकार गठनको दृश्यरअदृश्य खेलहरु हुँदैछन् । आदेश परमादेशहरुको युग समाप्त गरौं भन्ने हाम्रो अन्तर्मनको पवित्र चाहना हो, यो नै नेपालको दीर्घकालीन हितमा हुनेछ । जनादेशबाट राप्रपा, रास्वपा, जनमत लगायतका नयाँ शक्तिहरुको उदय हुँदैगर्दा चुनावपछिको सरकारमा नेपाली ‘फ्लेवर’ आउनुपर्छ, फेरि पनि अहितकर मिसावटको खतरा देखिँदैछ,’ राप्रपा प्रवक्ता मोहन श्रेष्ठले अध्यक्ष लिङ्देनको फोटोसहित फेसबुकमा लेखेका छन् । पूर्वी क्षेत्रमा भक्का लाेकप्रिय खानेकुरा मानिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते आह्वान हुने
पुष २८, २०८१ आइतबार
आगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश
पुष २५, २०८१ बिहिबार
कोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार