सिरियल किलर चार्ल्स शोभराज मिडिया छल्ने दाउमा
नेपालबहस संवाददाता
पुस ८, २०७९ शुक्रबार १८:१६:५२
८ पुष, काठमाडौं । सिरियल किलर चार्ल्स शोभराजले मिडियालाई आफ्नो तस्बिर खिच्न नदिन केन्द्रीय कारागार प्रशासनलाई आग्रह गरेका छन् । फोटो पनि खिच्न नदिन र मिडियासँग कुराकानीको अवस्था आउन नदिने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् ।
उनलाई आफ्नो देश फिर्ताका लागि कारागार प्रशासनले आज अध्यागमन विभागमा उपस्थित गराउँदैछ । अध्यागमनले पासपोर्ट लगायतका कागजपत्र हेरेर उनकै देश फ्रान्स फर्काउने तयारी गरेको छ ।
नेपालमा १९ वर्षदेखि जेल सजाय भोगिरहेका शोभराजलाई गत बुधबार सर्वोच्चले रिहा गर्न आदेश दिँदै आदेशको १५ दिनभित्र स्वदेश फर्काउन भनेको थियो । उनले फ्रान्सबाट आएका आफन्तहरु हायत होटेलमा रहेकाले आफूलाई केही दिन त्यहीँ बस्ने व्यवस्था मिलाइदिन पनि आग्रह गरेको बताइएको छ । नेपालभित्रै मुटुकाे उपचार गराउने व्यवस्था गराउन पनि उनले प्रशासनसँग माग गरेका छन् ।
सन् १९६३ देखि १९७६ को अवधिमा थाइल्याण्ड, पाकिस्तान, भारत, मलेसिया, फ्रान्स, अफगानिस्तान, टर्की र ग्रिसमा श्रृंखलाबद्ध हत्या गरेर फरार व्यक्ति थिए । २१ डिसेम्बर १९७५ मा नेपालको भक्तपुरमा आरमण्ड लरेन्ट क्यारियर र त्यसको दुई दिनपछि कोनिजो ब्रान्ची नामका युवतीको हत्या गरेको घटनामा अदालतबाट दोषी ठहर भएको थियो ।
घटनामा उनीविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले ग्रिन कर्नर नोटिस जारी गरेर खोजीपश्चात २०६१ मा नेपाल आएका बेला पक्राउ परेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
पुष २८, २०८१ आइतबार
इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोप-पत्र दायर
पुष २८, २०८१ आइतबार
न्यायपरिषदको सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम सिफारिस
पुष २७, २०८१ शनिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार