सिद्धार्थ इन्स्योरेन्सले बोलायो साधारणसभा, ९ प्रतिशत बाेनस शेयर जारी गर्ने
नेपालबहस संवाददाता
पुस ८, २०७९ शुक्रबार २०:१६:२१
८ पुष, काठमाडाैं। सिद्धार्थ इन्स्योरेन्स कम्पनीले २१औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको पुष ७ गते बसेको संचालक समितिको बैठकले पुष २९ गतेका लागि साधारणसभा बोलाएको जानकारी बिहीबार एक सर्वाजनिक सूचनामार्फत दिएको छ ।
साधारणसभा नेपाल पर्यटन बोर्डको सभाकक्ष, भृकुटी मण्डप, काठमाडौंमा बिहान ११ बजे बस्ने सूचनामा उललेख छ ।
साधारण सभामा गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापुँजीको ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत नगद लाभांश वितरण, लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्नेबारे प्रस्ताव गरिनेछ ।
साथै सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सबीच मर्जर सम्बन्धमा सबै प्रस्तावहरु पारित गर्नेछ । मर्जरपछि बन्ने कम्पनीको नाम ‘सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड’ कायम गरिने प्रस्ताव पनि पेश हुन जनाइएको छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि पुष १८ गते एकदिन बुक्लोजको मिति तोकेको छ ।
यस्तै साधारणसभामा भाग लिन प्रतिनिधि नियुक्त गर्न चाहने शेयरधनीहरुले प्रोक्सी फाराम भरेर साधारण सुरु हुनुभन्दा ४८ घण्टापहिल्यै सिद्धार्थ इन्स्योरेन्सको मुख्य कार्यालय बबरमहलमा बुझाइसक्नुपर्ने सूचनामा जनाइएको छ ।
कम्पनीकाे प्रबन्ध पत्र र नियमावलीका केही बुँदा संशाेधनबारे पनि प्रस्ताव पेस गरिने जनाइएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्राकृतिक विपदः १२ अर्ब ८६ करोड ६६ लाखको बीमा दावी, एक अर्ब ७८ करोड भुक्तानी
पुष २०, २०८१ शनिबार
बाढीपीडितलाई पशु–सुरक्षण बिमा रकम प्रदान
मंसिर २, २०८१ आइतबार
सानिमा रिलायन्स लाईफको कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न
असोज १६, २०८१ बुधबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार