कुख्यात अपराधी शोभराजलाई फ्रान्स पठाउन कतार एयरवेजमा टिकट बुकिङ
नेपालबहस संवाददाता
पुस ८, २०७९ शुक्रबार २१:१४:१८
८ पुष, काठमाडौं । अध्यागमन विभागले चाल्र्स शोभराजलाई शुक्रबार साँझ फ्रान्स निष्कासन गर्ने भएको छ । यसका लागि आवश्यक गरी कानुनी प्रक्रिया अगाडि बढाएको छ । आजै केन्द्रीय कारागार सुन्धाराबाट छुटेका शोभराजलाई कारागार कार्यालयले अध्यागमन विभागको जिम्मा लगाएको थियो ।
विभागका अनुसार शोभराजलाई निष्कासन गर्न आवश्यक कानुनी प्रक्रिया पुरा गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्रान्स पठाउन शुक्रबार साँझ ६ बजे कतार एयरवेजको उडान क्युआर ६४७ मा टिकट बुकिङ गरिएको छ । उनी कतार हुँदै फ्रान्स जानेछन् । प्रक्रिया नटुंगिए उनलाई विभागको निगरानीमा रहने गरी डिल्लीबजार कारागारमा राखिने बताइएको छ ।
सर्वोच्च अदालतले बुधबार सरकारका नाममा आदेश दिँदै शोभराजलाई रिहा गरी १५ दिनभित्र फ्रान्स फिर्ता पठाउन भनेको थियो । अरु अदालतमा समेत शोभराज विरुद्ध मुद्दा भए नभएको बुझ्ने क्रममा ढिला भएपछि बिहीबार कारागारबाट रिहाइको प्रक्रिया लम्बिएको थियो । २०६० मा पक्राउ परेका शोभराज योजनाबद्ध रूपमा उन्मुक्ति पाउने मनसायका साथ नेपाल आएका थिए ।
जीवनको झण्डै आधा समय जेलभित्र बिताएका सिरियल किलर फ्रान्सेली नागरिक चाल्र्स शोभराज १९ वर्षपछि जेलमुक्त हुँदा प्रहरीले ससम्मान बिदाइ गरेको थियो । शोभराजले मिडियालाई आफ्नो तस्बिर खिच्न नदिन गरेको आग्रह स्वीकार्दै प्रहरीले उनलाई लुकाएरै अध्यागमन विभाग पुर्याएको थियो ।
बिकिनी किलर, सिरीअल किलर र द सर्पेन्ट आदि विभिन्न उपनामले चिनिने फ्रान्सेली नागरिक शोभराजलाई सर्वोच्चले बुधबार जेलमुक्त गरेर १५ दिनभित्र स्वदेश पठाउन आदेश दिएको थियो । कुख्यात हत्याराका रूपमा परिचित शोभराजले विक्रम संवत् २०३२ मा अमेरिकी नागरिक कोन्निजो ब्रोन्जिजलाई काठमाडौंको मनहरामा मारेको दुई दिनमै क्यानेडियन नागरिक लरेन्ट अरमान क्यारिअरेलाई भक्तपुरको साँगामा हत्या गरेका थिए ।
शोभराजविरुद्ध भारत, थाइल्यान्ड, टर्की, इरान लगायतका मुलुकमा गरी झन्डै २० जनाभन्दा बढीको हत्यामा संलग्न भएको आरोप छ । शोभराजले ४० वर्ष अर्थात् आफ्नो जीवनको करिब समय जेलमा बिताएका छन् । नेपाल आउनुअघि सन् १९९७ सम्म उनी भारतमा २१ वर्ष कारागारमा बसेका थिए। तर जेलमा १० वर्ष बसेपछि उनी १९८६ मा दिल्लीस्थित तिहाड जेलबाट भागेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार
दुर्गा प्रसाईंको मुद्दामा आज बयान र बहस हुने
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार