बागमतीमा कांग्रेसको संसदीय दलको नेता चयन गर्न निर्वाचन समिति
नेपालबहस संवाददाता
पुस ८, २०७९ शुक्रबार २१:२६:४३
८ पुष, काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता छान्न निर्वाचन हुने भएको छ । १३ पुषमा हुने निर्वाचनको तालिकासमेत सार्वजनिक भएको छ । हेटौंडामा हुने निर्वाचनको लागि प्रदेश उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा निर्वाचन समिति गठन भएको छ ।
निर्वाचन तालिकाअनुसार १२ पुसमा दिउँसो १ बजे मतदाता नामावली प्रकाशन, मतदाता नामावलीमा दाबी विरोध दिउँसो २ बजे, अन्तिम नामावली प्रकाशन दिउँसो ४ बजे गरिने उल्लेख छ ।
१३ पुस बिहान ८ बजे उम्मेदवारी दर्ता, बिहान साढे १० बजे उम्मेदवारहरूको प्रथम नामावली प्रकाशन, बिहान ११ बजे उम्मेदवारहरूको दाबी विरोध, दिउँसो १२ बजे उम्मेदवारहरूको दोस्रो पटक नामावली प्रकाशन प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ ।
समितिले दिउँसो साढे १२ बजे उम्मेदवारी फिर्ता लिने समय, दिउँसो पौने २ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन र दिउँसो २ बजेदेखि ३ बजेसम्म मतदान गर्ने समय तोकेको छ ।
सोही दिन मत परिणाम सार्वजनिक हुने समेत बताइएको छ । उक्त निर्वाचनमा कांग्रेसबाट प्रदेशसभा सदस्यहरूलाई निर्वाचित भएको प्रमाणपत्रसहित उपस्थित हुन भनिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
निकञ्जमा घाँसेमैदान व्यवथापनको काम काम सुरु
पुष २५, २०८१ बिहिबार
‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार