सरकारको ध्यान आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित छ : मन्त्री बडू
नेपालबहस संवाददाता
पुस ८, २०७९ शुक्रबार २२:२९:५४
८ पुष, सिन्धुली । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीलेन्द्रप्रसाद बडूले सरकारको पूरै ध्यान आत्मनिर्भर अर्थतन्त्र निर्माणमा रहेको बताएका छन् ।
उद्योग वाणिज्य संघ सिन्धुलीले सिन्धुलीमाढीमा आयोजना गरेको छैटौँ सिन्धुली महोत्सवको आज उद्घाटन गर्दै उनले मुलुकको अस्वस्थ अर्थतन्त्र सुधारका लागि सरकारले विशेष योजना अघि सारेको बताए ।
उनले उद्योगहरुको उत्पादन बढाउनका लागि निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताउनुभयो । आर्थिक नीति र मौद्रिक नीतिमा सुधारका लागि क्षमता अनुसार काम गर्ने उनको भनाइ छ ।
चालु आवको बजेटमार्फत् राष्ट्रिय उत्पादन र उपभोग बढाउने नीति लिइएको र सोही अन्तर्गत नेपाली उत्पादन र उपभोग कार्यक्रम १० वर्षे अभियान सुरु भएको उनले जानकारी दिए । उनले यस वर्ष ३० वटा औद्योगिक ग्राम स्थापना हुने बताए । ग्रामीण तहमा उद्योग स्थापना गर्ने र रोजगारी सिर्जना गरी युवालाई उद्यमशीलतामा जोड्न सकेमात्र अर्थतन्त्रमा सुधार आउन सक्ने उनको भनाइ छ ।
‘हातमा सीप हुनेहरुलाई उद्यमशिलताका रु पाँच लाखदेखि २५ लाखसम्म विउ पुँजी दिइनेछ’ उनले भने, ’युवा र महिलालाई उद्यम सुरु गर्नका लागि सरकारले बिउ पूँजी दिने गरी विषेश कार्यक्रम सञ्चालनको तयारी भइरहेको छ ।’
जिल्लामा आयोजना हुने महोत्सवले स्थानीय उत्पादनको प्रचार र बजारीकरणका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्दै महोत्सवमा संघीय सरकारले पनि सहयोग गर्ने प्रतिवद्धता जनाए ।
‘‘कृषि उद्योग, पर्यटन र व्यवसायमा लगानी अभिवृद्धि गरौँ, समृृद्धि र सम्मुनत सिन्धुली निर्माणका लागि अघि बढौँ’ नाराकासाथ पुष १८ देखि महोत्सव संचालन हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार