कुख्यात अपराधी चार्ल्स शोभराजलाई फ्रान्स पठाइयाे
नेपालबहस संवाददाता
पुस ८, २०७९ शनिबार ०:१५:२८
८ पुष, काठमाडौं । ‘बिकिनी किलर’का रूपमा अन्तर्राष्ट्रिय कुख्यात फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई शुक्रबार साँझ कतार एयरलाइन्समार्फत फ्रान्स डिपोर्ट गरिएको छ। उनलाई १० वर्षसम्म नेपाल आउन प्रतिबन्धसहित गरी डिपोर्ट गरिएको अध्यागमन विभागले जनाएकाे छ ।
उनलाई साँझ ६ बजे कतार एयरलाइन्सको क्यूआर–६४७ नम्बरको उडानमार्फत उनलाई फ्रान्स डिपोर्ट गरिएको जनाइएकाे छ ।
कर्तव्य ज्यानको कसुरमा केन्द्रीय कारागारमा १९ वर्ष २ महिना जेल जीवन बिताएका उनी सर्वाेच्च अदालतकाे आदेशले उनी शुक्रबार रिहा भएका थिए । आदेशमा १५ दिनभित्र आपफ्नाे देशमा पठाउन भनिएकाे थियाे । साेही मुताविक डिपाेर्ट गरिएकाे हाे ।
सन् १९४४ मा भियतनाममा जन्मिएका शोभराजले १९ वर्षको उमेरबाटै उनले अपराध सुरु गरेकाे तथ्य खुलेकाे थियाे । फ्रान्स, भारत, थाइल्याण्डमा समेत चाेरी र अपराध कसुरमा जेल बसेका उनीविरूद्ध २०३२ पुस ६ गते क्यानेडियन नागरिक लोरेन्ट क्यारियरको हत्या गरेर शव टुक्रा पारी भक्तपुरको मनोहरा खोलामा फालेका र एक अमेरिकी युवती कोन्नी ब्रोनिचलाइ काभ्रेकाे साँगामा साेही वर्ष हत्या गरी फरार भएका थिए ।
शोभराज थाइल्याण्ड, पाकिस्तान, भारत, मलेसिया, फ्रान्स, अफगानस्तान, टर्की र ग्रिसका लागि पनि मोस्ट वान्टेड सूचीमा परेका थिए । सन् १९६३ देखि १९७६ को अवधिमा श्रृंखलाबद्ध हत्या गरेको अभियोगमा उनीविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले ग्रिन कर्नर नोटिस जारी गरेको थियो ।
प्रहरीले इन्टरपाेलमा फरारकाे सूचीमा राखेर खाेजी गर्ने क्रममा २०५९ मा काठमाडाैंकाे ठमेलबाट पक्राउ परेका थिए ।उनीविरुद्ध भक्तपुर चित्तपोलका गोकर्णबहादुर कार्कीले २०३२ पुस ६ मै मुद्दा दायर गराएका थिए । नेपाल आउँदा भने शोभराज प्रहरीको पञ्जाबाट फुत्किन पाएनन् ।
२० वर्ष कैद सजाय तोकिएका उनी २०८० असोज १ गते छुट्दै थिए । तर, सर्वोच्चले बुधबार नै बन्दी प्रत्यक्षीकरणको रिटामा फैसला गर्दै बाँकी कैद मिनाहकाे निर्णयसहित थुनामक्त गर्न आदेश दिएपछि उनलाइ जेलबाट सिधै फ्रान्स डिपोर्ट गरिएकाे हाे । जेलमा बस्दा नेपाली युवती निहिता विश्वाससित विहे गरेकाे नाटक समेत गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
पुष २८, २०८१ आइतबार
इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोप-पत्र दायर
पुष २८, २०८१ आइतबार
न्यायपरिषदको सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम सिफारिस
पुष २७, २०८१ शनिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार