सभापति देउवाले सरकार गठनबारे अन्तिम निर्णय लिन सांसदहरुलाई बोलाए बालुवाटार
नेपालबहस संवाददाता
पुस ९, २०७९ शनिबार १७:२४:४७
९ पुष, काठमाडौं । सत्ता गठबन्धनमा नयाँ सरकार गठन र पहिलो चरणका प्रधानमन्त्रीका विषयमा सहमति जुट्न नसकेपछि प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभामा नवनिर्वाचित सबै सांसदहरुलाई छलफलका लागि बालुवाटार बोलाएका छन् ।
उनले राष्ट्रपति दिएको समय नजिकिँदै गएको र पार्टीको सरकारबारे एकल धारणा बनाउनका लागि सांसदहरुलाई बोलाएको बताइएको छ । संसदीय दलको नेतासमेत रहेका देउवाले शनिबार मध्याह्न साढे १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका सांसदहरुलाई भेला हुन निर्देशन दिएका छन् ।
सांसदहरुको भेलामा सरकार निर्माणलगायत विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा केन्द्रित हुने छलफलबाट साझा धारणा बनाउने बताइएको छ । अहिलेसम्म नेकपा माओवादी केन्द्रले पहिलो चरमा प्रधानमन्त्रीको दाबी गर्दै आएको छ । उसले अरु विषयमा लचकता देखाउन सकिने भएपनि प्रधानमन्त्री आफुले पाउनुपर्ने भन्दै नपाए समीकरण बदल्ने चेतावनी दिएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई पहिलो चरणमा प्रधामन्त्री बनाउनुपर्ने अडान राख्दै आएका छन् । तर, आफ्नै आकांक्षा र पार्टीको दबाबका कारण कांग्रेस सभापति शेरबहादुर देउवा प्रचण्डको प्रस्ताव स्वीकार गर्न तयार छैनन् । यसै विषयमा सांसदको धारणा बुझ्न देउवाले भेला बोलाएको उनको निजि सचिवालयले जानएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार