अदालतले होइन, दाहाल, नेपाल र खनाल मिलेर पार्टी फुटाएः अध्यक्ष ओली
नेपालबहस संवाददाता
पुस ९, २०७९ शनिबार २०:३९:४३
९ पुष, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा हुँदै एमालेसम्मको विभाजनको कारण सर्वोच्च अदालत नभएर तत्कालिन पार्टीका नेताहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’ माधवकुमार नेपाल र झलनाथ खनाल भएको आरोप लगाएका छन् । उनले यी तीन नेताले आफुले बल्लतल्ल जोडेको कम्युनिष्ट आन्दोलनलाई फेरी टुक्रटुक्रा बनाएको बताएका छन् ।
प्युठान–काठमाडौँ सम्पर्क मञ्चद्वारा राजधानीमा आयोजित प्युठानबाट निर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यलाई बधाई तथा शुभकामना कार्यक्रममा ओलीले निर्वाचनअघि एमालेविरुद्ध प्रतिगमनको हल्ला चलाइएकोमा पार्टीले त्यसलाई चिर्न सफल भएको बताए । उनले एमालेलाई सेटिङमा पार्टी फुटाएर सिध्याउँछु भन्ने षड्यन्त्र भए पनि त्यो विफल भएको दाबी गरे ।
ऋोलीले भने, ‘अदालतले पार्टी फुटाउन भनेको थिएन । नयाँ पार्टी दर्ता गर भनेको थियो । मैले धेरैपटक कोसिस गरेँ । तर पार्टी फुटाउने उद्देश्य लिएकाहरूले नयाँ दल दर्ता गर्न मानेनन् । त्यसैले म भन्छु, अदालतले होइन, पुष्पकमल दाहाल, माधव नेपाल र झलनाथ खनालहरूले पार्टी फुटाएका हुन् ।’
आफ्नै पार्टी अध्यक्ष, दलको नेता र प्रधानमन्त्रीविरूद्ध ल्याइएको १९ पृष्ठ लामो अभियोग पत्रबाट पार्टी विभाजनको षडयन्त्रको खेल सुरु गरिएको उनको भनाई थियो । ‘तर हामीले पार्टीलाई रक्षा मात्र गरेनौँ, हाम्रो पार्टी जनप्रिय पार्टी हो भनेर हामीले प्रमाणित गर्यौँ,’ उनले भने । ओलीले विभिन्न ठाउँमा बुथ कब्जा हुँदा पनि निर्वाचन आयोग मूकदर्शक मात्र बनेको आरोपसमेत लगाए ।
ओलीले आफ्नो पार्टीले प्रतिगमनलाई पराजित गर्दै जनताको लोकप्रिय पार्टीका रूपमा आफूलाई उभ्याउन सफल भएको बताए ।ओलीले भने, ‘अघिल्लो निर्वाचन र स्थानीय तहको निर्वाचनको नतिजाले एमालेले गठबन्धनलाई पराजित गर्ने देखिँदैन थियो । तर हामी जनतामा एकजुट भएर गयौँ भने हामी जित्न सक्छौँ भन्ने दृष्टान्त प्युठानले प्रस्तुत गरेको छ । हामीले प्रतिगामी तत्वहरूलाई पराजित गर्यौ । प्रतिक्रियावादीको साँठगाँठलाई र अरूका इसारामा चल्ने शक्तिलाई पराजित गरेका छौँ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार