प्रधानमन्त्रीका लागि बदनाम बन्दै दलहरु, पदीय लोभले सहमतिमा सकस
नेपालबहस संवाददाता
पुस १०, २०७९ आइतबार १६:२२:१
१० पुस, काठमाडौं । राजनीतिक दल र तिनका नेताको व्यवहारबाट अघाइसकेको सन्देश भरखरै सम्पन्न आम निर्वाचनमार्फत जनताले दिएपनि नेताहरुको चेत भने अझै खुलेको छैन् । राजनीतिक निकासका लागि स्थिर सरकारका लागि सहमतिका साथ अगाडी बढ्नुपर्ने दलहरु पदका लागि लुछाचुडीमा अल्झिएका छन् । राजनीतिक स्थिरता र जनताको जनादेशप्रति उनीहरुको ध्यान गएको छैन् ।
पहिलो प्रधानमन्त्री को बन्ने भन्ने विषयमा सहमति जुट्न नसक्दा सरकार बनाउने तयारीमा जुटेको सत्ता गठबन्धन राष्ट्रपतिले सरकार बनाउने संख्या पुर्याएर प्रधानमन्त्रीमा दावी पेस गर्न दिएको समय पनि गुजार्ने अवस्थामा पुगेको छ । सत्ता गठबन्धनका मुख्य दुई दललाई पहिलो पटक आफै प्रधानमन्त्री हुनुपर्ने भएपछि सहमति जुटेको छैन् । सहमति जुटाएर दावी पेस गर्नुपर्ने समय आज साँझ ५ बजेसम्म मात्रै छ ।
निर्वाचको मतपरिणाम आउन थालेदेखि नै सत्ता गठबन्धनमा रहेका दलहरु नयाँ सरकार बनाउन छलफलमा जुटेका थिए । तर, आजसम्म एउटा प्रधानमन्त्रीमा सहमति गर्न नसकेर गठबन्धनमाथि नै प्रश्न उठाएका छन् । सत्ता गठबन्धन देश र जनहितका लागि नभएर सत्ता स्वार्थका लागि मात्र हो भन्ने भनाइहरु सत्य हुँदै गएका छन् । सत्ता नेतृत्व गरिरहेको कांग्रेसभित्र पनि प्रधानमन्त्रीका विषयमा विवाद नै छ ।
पार्टी सभापति देउवा पाँचौ पटक प्रधानमन्त्री भएर पनि प्रधानमन्त्रीकै लागि लालयित छन् । कांग्रेसकाे आधिकारिक धारणाका लागि अहिले नेताहरु छलफल गरिरहेका छन् । प्रधानमन्त्री नपाए सत्ता गठबन्धनमै नबस्ने भन्दै नेकपा माओवादीले अत्तो थापेपछि कांग्रेसका नेताहरु छलफलमा जुटेका हुन् । उनीको छलफल सकिएपछि सत्ता गठबन्धनमा आवद्ध दलहरुको बैठक आज डाकिएको छ ।
सरकार गठनको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्नु अघि नेपाली कांग्रेसका नेताहरु आन्तरिक छलफलमा जुटेकाले सहमतिको केही आशा राखिएको छ । नत्र संविधानको धरा ७६ को उपधारा २ अनुसार सरकार बन्ने सम्भावना टर्दै गएको छ । बिहान १० बजे बोलाइएको सत्ता गठबन्धनको बैठकमा पार्टीको एकीकृत धारणासहित प्रस्तुत हुन कांग्रेस शीर्ष नेताहरु आन्तरिक छलफल गरिरहेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको बैठकमा सरकारको नेतृत्व र शक्ति बाँडफाँटका विषयमा कांग्रेसको अडानबारे छलफल हुने एक नेताले जानकारी दिए । सरकारको पहिलो चरणको नेतृत्व कांग्रेसले लिने कि माओवादीले भन्ने विषयमा सत्ता गठबन्धनमा एकमत हुन सकेको छैन । कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरु लगातार छलफलमा जुटे पनि सहमतिको खाका तयार हुन भने सकेको छैन ।
नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्त्वमा अडान राखेको छ भने कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै कांग्रेसले पाउनुपर्ने अडान राखेको छ । गठबन्धनको बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुईवटा विकल्प अघि सारेका छन् । पहिलो विकल्पमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीले दुई, दुई र एकवर्ष गरी सरकारको नेतृत्व गर्ने, राष्ट्रपति कांग्रेसले लिने ।
यो विकल्पमा सबै दल तयार भएपनि कसले पहिलो सरकारको नेतृत्व गर्ने भन्ने विवाद कायमै छ । त्यस्तो अवस्थामा विवाद कायमै रहेमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाउने र सभामुख माओवादीलाई दिने सरकारको नेतृत्व आफूले पाँचवर्षसम्म गर्ने । यो प्रस्तावमा पनि सहमति नजुटेको स्रोत बताउँछ ।
राष्ट्रपतिले दिएको समयसीमा आज बेलुका सकिने भएकाले त्यसबेलासम्म पनि सहमति कायम हुन नसके राष्ट्रपतिसँग समय थप गर्न आग्रह गर्ने तयारी छ । तर देउवाले समय थप गर्न आग्रह नगरी आफ्नै नेतृत्त्वमा सरकार गठन गर्ने रणनीति बनाएको आरोप माओवादीको छ । बेलुकासम्म सरकार गठन हुन नसके संविधानको धारा ७६(३) अनुसार सरकार गठनको लागि बाटो खुला हुनेछ ।
संविधानको धारा ७६ मा सरकार गठनको व्यवस्था गरिएको छ । उपधारा १ मा राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्ति गर्ने व्यवस्था छ । तर अहिलेको निर्वाचनमा कुनै पनि दलको बहुमत नभएकाले राष्ट्रपतिले ७६(२) अनुसार सरकार गठनका लागि आह्वान गरेकी हुन् ।
७६(२) मा प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्ति गर्ने व्यवस्था छ । अहिले दलहरुको रस्साकस्सी यसैका लागि भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार