प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच निर्णायक छलफल
नेपालबहस संवाददाता
पुस १०, २०७९ आइतबार १७:२०:४३
१० पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच पेचिलो बन्दै गएको प्रधानमन्त्री पदबारे सहमतिका अन्तिम छलफल भएको छ । सत्ता गठबन्धनको बैठक बस्नु अघि प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डले छुट्टै छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र प्रचण्डबीच छलफल चलिरहेको छ ।
प्रधानमन्त्रीका प्रेस संयोजक गोन्दि परियारमका अनुसार सत्ता गठबन्धनमा छलफल गर्नु अघि कांग्रेस र माओवादी केन्द्रको नेतृत्वबीच छुट्टै छलफल भएको हो । दुई शीर्ष नेताहरुको छलफललगत्तै सत्ता गठबन्धनको बैठक बस्ने छ । सत्ता गठबन्धनको बैठक अघि कांग्रेस शीर्ष नेताहरुको बैठक बालुवाटारमै बसेको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ५ बजेभित्र बहुमतसहित सरकारका नेतृत्वमा दाबी प्रस्तुत गर्न दलहरुलाई समयसीमा दिएकी छन् । सोही समयभित्रै सहमति जुटाउने प्रयासमा नेताहरु सक्रिय छन् । बैठकमा सहभागी एक नेताका अनुसार गठबन्धनकै सरकार बनाउन कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरु सहमत छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले २÷२ वर्ष सरकारको नेतृत्व गरेपछि प्रतिनिधिसभाको कार्यकालको बाँकी एक वर्ष एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार चलाउने विकल्पमा पनि छलफल भइरहेको छ । यद्यपि देउवा र प्रचण्डमध्ये पहिले को प्रधानमन्त्री हुने भन्ने विषयमा एकमत हुन सकेको छैन ।
सत्ता गठबन्धनमा सहमति हुन नसकेको परिस्थितिको सम्भावनालाई ख्याल गर्दै कांग्रेस र माओवादी दुवैले नेकपा एमालेसँग पनि छलफल जारी राखेका छन् । कांग्रेस नेता विमलेन्द्र निधिले शनिबार बेलुकी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए । निधिले आइबार विहान १० बजे प्रचण्डलाई निवासमै पुगेर भेटेका थिए । त्यस पछि प्रचण्ड बालुवाटार पुगेर देउवासँग छलफल सुरु गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार