बालुवाटारबाट बाहिरिएका प्रचण्ड बालकाेट पुगे
नेपालबहस संवाददाता
पुस १०, २०७९ आइतबार १९:७:१६
१० पुष, काठमाडौं । नयाँ बन्ने सरकरमा प्रधानमन्त्रीको पहिलो कार्यकाल लिनेबारे बालुवाटारमा भइरहेको सत्ता गठबन्धनको बैठकबाट नेकपा (माओवादी केन्द्रंका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बहिरिएका छन् । उनी अहिले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटन भक्तपुरकाे बालकाेट पुगेका छन् ।
उनीपछि नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल पनि बैठक छाडेर बाहिरिएका छन् । बैठक कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, प्रचण्ड, नेपाल र खनालबीच सत्ता र सरकारका शक्ति बाँडफाँटबारे निर्णायक छलफल चलिरहेको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न नसक्ने अडान लिएपछि प्रचण्ड त्यहाँबाट बाहिरिएकाे स्राेतले बतायाे ।
बहुमतसहित सरकारको नेतृत्वमा दाबी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सात दिनको समयसीमा आज साँझ ५ बजे सकिँदैछ
बालुवटारको गठबन्धन बैठक छाडेपछि अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसले पूर्वसहमति तोडेको आरोप समेत लगाएका छन् । ‘नेपाली कांग्रेसले सहमति तोडेर गठबन्धन टुटाउने काम गरेको छ, अहिलेलाई यति बुझौं’ प्रचण्डको भनाइ उदृध गर्दै माओवादी केन्द्रका एक नेताले बताए । ती नेताका अनुसार अब एमाले मिलेर सरकार गठन गर्नेबारे छलफल गरेर नयाँ सरकार बनाउने विषयलाई आजै टुंग्याइने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत
पुष २८, २०८१ आइतबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार