देउवा छाडेर बालकोट पुगेका प्रचण्डको ओलीसँग संवाद सुरु
नेपालबहस संवाददाता
पुस १०, २०७९ आइतबार १९:२२:६
१० पुस, काठमाडौं । बालुवाटारमा जारी सत्ता गठबन्धनको बैठक भाडिएको छ । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री नछाड्ने अडान लिएपछि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बैठकबाट उठेर ओली निवास बालकोट पुगेका छन् । बालकोटमा माओवादी र एमालेका नेताहरु छलफल गरिहेको अवस्थामा प्रचण्ड त्यहाँ पुगेको बताइएको छ ।
सत्ता गठबन्धनमा प्रधानमन्त्रीबारे छलफल चलिरहेका बेला बैठक छाडेर बालुवाटारबाट बाहिरिएका अध्यक्ष प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट गएका हुन् । उनी बाहिरिएपछि बैठकमा रहेका नेकपा समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहितका नेता पनि बाहिरिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न नसक्ने अडान लिएपछि प्रचण्ड बैठकबाट बाहिरिएको बताइएको छ । उनी सिधै ओलीसँग छलफल गर्न बालकोट पुगेको स्रोतकाे भनाइ छ । बहुमतसहित सरकारको नेतृत्वमा दाबी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सात दिनको समयसीमा आज साँझ ५ बजे सकिने भएकाले त्यसअघि नै शक्ति बाँडफाँटमा सहमति खोज्न नेताहरु प्रयासरत थिए ।
उता, नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री पद छाड्न नसकिने अडान लिएपछि नेकपा माओवादी केन्द्रका नेताले नेकपा एमालेसँग संवाद पनि सुरु गरेका छन् । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङलगायतका नेताको एमाले नेताहरुसँग अहिले संवाद भइरहेको छ । माओवादीका नेताहरुले एमालेका दोस्रो तहका नेताहरुसँग संवाद गरिरहेका हुन् । उनीहरु प्रचण्डलाई प्रधानमन्त्री पद दिएर अन्य पद बाँडफाँट गर्ने गरी सहमति गर्न तयार देखिएका माओवादी स्रोत बताउँछ । तर दुई अध्यक्षको स्तरमा कुराकानी नभएकाले यो प्रक्रियाले पूर्णता पाउँछ कि पाउँदैन ? अहिले नै टुंगो छैन ।
चुनावमा आगामी पाँच वर्षसम्म गठबन्धनकै सरकारलाई निरन्तरता दिने प्रतिबद्वतासहित जनमत लिएका सत्ता गठबन्धन दल चुनावपछि भने सरकार गठनका लागि बार्गेनिङमा सहमति नभएपछि सत्ता गठबन्धन फुट नजिक पुगेको हो ।
बैठकमा सहभागी नेपाली कांग्रेसका एक नेताका अनुसार उनी कुनै पनि सहमति नगरी बैठकबाट निस्किएका हुन् । “कुनै पनि सहमति नभईकन उहाँ बैठकबाट निस्किनुभयो । सहमति गर्ने मुड उहाँमा देखिएन,” ती नेताले नेपालबहससँग भने । गठबन्धनभित्र सरकारको नेतृत्व आलोपालो गर्ने समझदारी भएको बताइन्छ । तर, कांग्रेस वा माओवादी कुन दलले पहिले सरकारको नेतृत्व गर्ने भन्ने विषयमा सहमति जुटिसकेको छैन । दलहरूको आ–आफ्नै दाबी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार