सरकार गठनमा समय थप नभए फेरि देउवा नै प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुस १०, २०७९ आइतबार १९:३१:३१
१० पुष, काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको समय आइतबार बेलुका ५ बजे सकिँदैछ । संविधानको धारा ७६(२) अनुसार राष्ट्रपति भण्डारीले ३ पुसमा एक साताको समय दिएर प्रतिनिधिसभाका सदस्यलाई बहुमत प्राप्त गरेर प्रधानमन्त्री पदमा दाबी गर्न आह्वान गरेकी थिइन् ।
तर, हालसम्म कुनै पनि प्रतिनिधिसभा सदस्यले बहुमतसहित प्रधानमन्त्रीमा दाबी गरेका छैनन् । सरकार गठनका लागि सत्तारुढ गठबन्धन निरन्तर छलफलमा रहे पनि सहमति जुटाउन सकेका छैनन् ।
दलहरुले बहुमत जुटाएर आइतबार बेलुका ५ बजेसम्म प्रधानमन्त्रीमा दाबी नगरे राष्ट्रपति भण्डारीले अल्पमतको सरकार गठन गर्नुपर्ने हुन्छ ।
संविधानको धारा ७६(२) अनुसार सरकार गठनका लागि दिएको समय दलहरुले गुजारेपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ३ अनुसार सरकार गठनका प्रक्रिया थाल्नुपर्ने कानुन व्यवसायीहरु बताउँछन् ।
‘आज बेलुका ५ बजेसम्म धारा ७६ (२)अनुसार सरकार गठन नभए राष्ट्रपति भण्डारीले ७६ (३)अनुसार सरकार गठनको प्रक्रिया थाल्नुपर्छ,’ संवैधानिक कानुनविद् डा. विपीन अधिकारी बताउँछन् ।
अधिकारीको तर्कसँग वरिष्ठ अधिवक्ताद्वय चन्द्रकान्त ज्ञवाली र उद्धव चौलागाईं सहमत छन् । ‘बेलुका ५ बजेसम्म धारा ७६ (२)अनुसार सरकार गठन भएन भने ७६ (३)अनुसार राष्ट्रपति भण्डारीले सरकार गठनको प्रक्रिया थाल्नुपर्ने संवैधानिक बाध्यता हो,’ वरिष्ठ अधिवक्ताद्वय ज्ञवाली र चौलागाईं बताउँछन् ।
संविधानको धारा ७६ को उपधारा ३ मा लेखिएको छ, ‘प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्ति हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा ४ बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्यहरु भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ ।’
प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्य भएको दल कांग्रेस रहेको छ । कांग्रेसको संसदीय दलको नेता शेरबहादुर देउवा रहेका छन् । यसर्थ, संविधानको धारा ७६ को उपधारा ३ अनुसार सरकार गठन भएमा फेरि कांग्रेस सभापति शेरबहादुर देउवा पुनः प्रधानमन्त्री हुनेछन् । उनले नयाँ मन्त्रिपरिषद गठन गर्नेछन् ।
जसकारण संविधानको धारा ७६ को उपधारा ३ अनुसार सरकार गठन भएमा देउवा नै प्रधानमन्त्री हुनेछन् । तर, उनले ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार