प्रधानमन्त्री पदको हठका कारण कांग्रेस शून्य अवस्थामा पुग्योः पौडेल
नेपालबहस संवाददाता
पुस १०, २०७९ आइतबार २०:०:१४
१० पुष, काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री पद नछाड्ने अडानका कारण सत्ता गठबन्धन मात्र टुटेको छैन स्वय कांग्रेससमेत पदबिहीन अवस्थामा पुग्ने देखिएको छ । गठबन्धन बैठक भाँडिएपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री देउवाकाे हठले गर्दा कांग्रेस शुन्यको अवस्थामा आएको बताएका छन् ।
उनले गठबन्धन जोगाउन खोजेको तर नसकेको बताउँदै गठबन्धनको बैठकमा माओवादी अध्यक्ष दाहालले सहमति हुन नसकेपछि कुरा सकिएको बताए । पौडेलले भने, ’गठबन्धन कुनै पनि हालतमा जोगाउ भनेका थियौं तर अब हाम्रो हातमा केही पनि रहेन ।’ राष्ट्रपति र प्रधानमन्त्री पद बाँडफाँटमा कुरा नमिल्दा गठबन्धन सकिएको पौडेलको भनाइ थियो ।
पौडेलका अनुसार बैठकमा प्रचण्डले देउवालाई पहिले वचन दिनुभयो अहिले वचनबाट पछि हट्नुभयो भन्दै बाहिरिएका थिए । देउवाले पहिले कार्यकालमा आफू नै हुने भन्ने अडान नछोडेपछि दाहालले वचन तोडेको भन्दै बालुवाटारबाट बाहिरिएका हुन् । उनी बाहिरिएपछि सत्ता गठबन्धनको बैठक पनि सकिएको थियो । बैठकपछि कांग्रेस नेता ज्ञानेन्द्र कार्कीले पार्टीभित्र आन्तरिक छलफल गर्नुपर्ने अवस्था भएकाले नेताहरुको बैठक रोकिएको बताए । उनले सहमति खोज्नका लागि पुनः बैठक बस्ने जानकारी दिए ।
यता, वरिष्ठ नेता पौडेलले भने देउवाको प्रधानमन्त्री नछाड्ने हठका कारण दाहाल बाहिरिएको बताएका छन् । दाहालले बैठक छाडेसँगै सत्ता गठबन्धनको औचित्य पनि समाप्त भएको बताइएको छ । पौडलले अन्त्यमा आएर नेपाली कांग्रेस सबै कुरा गुमाउने अवस्थामा पुगेको टिप्पणी गरेका छन् । एमालेसँग सहकार्य भएर सरकार बनेमा अब नेपाली कांग्रेसले प्रदेशको एक मुख्यमन्त्री पाउने सम्भावना पनि टरेको छ ।राष्ट्रपतिदेखि प्रदेशसम्मका सबै पद कांग्रेसले गुमाउने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार