बालकोटमा बैठकमा माधव-झलनाथ गएनन्
नेपालबहस संवाददाता
पुस १०, २०७९ आइतबार २०:३०:४४
१० पुष, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरस्थित बालकोटमा संसदमा प्रतिनिधित्व रहेका चार दलबीच नयाँ सरकार गठनबारे छलफल जारी छ ।
एमाले अध्यक्ष ओली, माओवादी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड।, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका नेता अशोक राईलगायतका नेताहरुबीच छलफल भइरहेको छ ।
यसअघि ओलीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसँग छलफल गरिसकेका छन् । शक्ति बाँडफाँट गर्नेबारे आइतबार बिहान नेपाली कांग्र्रेसको नेतृत्वमा रहेको सत्ता गठबन्धनको निर्णायक भनिएको वार्ता निष्कर्षविहीन बनेपछि संसदको तेस्रो शक्ति माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेता नारायणकाजी श्रेष्टसहितको टिम लिएर ओलीसँग छलफलका लागि बालकोट पुगेका हुन् ।
बैठकमा गठबन्धनमा महत्वपूर्ण भूमिका निभाउँदै आइरहेका नेकपा (एकीकृत समाजजादी)का अध्यक्ष माधवकुमार नेपाल भने अनुपस्थित छन् । दोस्रो तहका नेता झलनाथ खनाल पनि उपस्थित छैनन् । यसअघि आइतबार बिहान बालुवाटारमा भएको कांग्रेसकोसँगको बैठकमा भने नेपाल र खनाल दुवै जना सहभागी थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार