बालकोटमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति, पत्र लिएर राष्ट्रपति कार्यालय जाने तयारी
नेपालबहस संवाददाता
पुस १०, २०७९ आइतबार २१:४५:३५
१० पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन बालकोट गठबन्धन तयार भएको छ । बालकोटमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबाहेकाका दलहरु माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमतिमा पुगेका छन् ।
नेकपा माओवादीकेन्द्रका नेता वर्षमान पुनका अनुसार प्रचण्डलाई प्रधानमन्त्री बनाउन सबै दल तयार भएका हुन् । यस्तै आजे राष्ट्रपति कार्यलयमा दावी पेश गर्ने तयारी गरिएको छ । प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको सन्देश राष्ट्रपति कार्यलयमा पुर्याएको छ । केही बेरमा पत्रसहित नेताहरु शीतल निवास जाने तयारीमा रहेको बताइएको छ ।
सत्ता गठबन्धनमा सहमति नजुटेपछि आजै बाम सरकारबाट प्रधानमन्त्रीसहित सरकारका लागि दावी पेस गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा बाटकोटमा कांग्रेसबाहेकका दलहरु जम्मा भएका थिए । यसका लागि माओवादीका अध्यक्ष प्रचण्ड एमालेका अध्यक्ष ओलीको निवास भक्तपुरस्थित बालकोटमा पुगेका थिए । अहिले प्रधानमन्त्रीका विषयमा मोटामोटी सहमति सकिएको छ ।
एमाले लगायतका दलले नयाँ सत्ता समिकरण गर्दै माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सहमति गरेका हुन् । एमाले अध्यक्ष ओलीको निवासमा आइतबार बसेको बैठकले दाहाललाई आधा कार्यकालका लागि प्रधानमन्त्रीको रुपमा अघि सारेको हो । साढे २ वर्षपछि एमालेले प्रधानमन्त्री लिनेछ ।
बैठकमा सहभागी माओवादी नेता वर्षमान पुनका अनुसार दाहाललाई प्रधानमन्त्रीमा अघि सार्दै राष्ट्रपतिसमक्ष आइतबारै दाबी पेश गर्ने सहमति छ । दाहाललाई एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२ र अन्य साना दलको समेत समर्थन जुटेको बताइएको छ । सिके राउत नेतृत्वको जनमत पार्टीले पनि नयाँ गठबन्धनलाई सघाउने छ । जनमत पार्टीका महासचिव चन्दन सिंहले सरकार बनाउने प्रक्रियामा आफूहरुले समर्थन गर्ने बताए । जनमत पार्टीका ६ जना सांसद छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्री ओली बेइजिङमा, चिनियाँ उपमन्त्रीले गरे स्वागत
मंसिर १७, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार