समुन्नत प्रदेश निर्माण गर्न सकिन्छ : मुख्यमन्त्री राई
नेपालबहस संवाददाता
पुस १०, २०७९ सोमबार ०:६:५२
१० पुष, काठमाडाैं । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले निजी क्षेत्रको सहयोगबाट समुन्नत प्रदेश निर्माण गर्न सकिने बताएका छन् ।
‘विराट एक्स्पो’ समापनका अवसरमा आज एक्स्पोका सहयोगीलाई प्रशंसापत्र वितरण गर्दै उनले यस क्षेत्रका उद्योगीले निर्यातमूलक उद्योग स्थापना गरी रोजगारी सिर्जना र व्यापार घाटा कम गर्नुका साथै समृद्ध प्रदेश निर्माण गर्न सकिने धारणा राखे ।
मुख्यमन्त्री राईले एक्स्पोको माध्यमबाट प्रदेशका पर्यटकीयस्थलको प्रचारप्रसार भई आगामी दिनमा यस्ता कार्यक्रमले थप महत्व पाउने विश्वास व्यक्त गरे ।
स्वास्थ्यमन्त्री जयराम यादवले एक्स्पोको सञ्चालनबाट दक्षिण क्षेत्रमा आर्थिक चलायमान भएकोमा खुसी व्यक्त गर्नुभयो । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले उद्योगीको चाहनाअनुरुप अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी स्थापनाका लागि आवश्यक छलफल गर्न निजी क्षेत्रलाई आग्रह गरे ।
उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयश प्याकुरेल, एक्स्पो संयोजक भोलेश्वर दुलाललगायतले एक्स्पोको माध्यमबाट निजी क्षेत्रले प्रदेशमा उद्योग एवं व्यापार स्थापनामा सहयोग पुग्ने आशा व्यक्त गरे ।
मंसिर २९ गतेदेखि पुस १० गतेसम्म सञ्चालन भएको एक्स्पोमा नेपाली र भारतीय गरी तीन लाख बढी दर्शकले अवलोकन गरेको आयोजक जनाएका छन् । एक्स्पोमा विभिन्न विधाका तीन सय ६१ स्टल राखिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते आह्वान हुने
पुष २८, २०८१ आइतबार
आगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश
पुष २५, २०८१ बिहिबार
कोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार