गृह र भौतिकमा रबिको दाबी, अन्यत्रै माेडने याेजनामा प्रचण्ड
नेपालबहस संवाददाता
पुस ११, २०७९ सोमबार १९:१:४०
११ पुष, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह र भौतिक पूर्वाधार मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ । नयाँ बानेश्वरमा चलिरहेको सत्ता गठबन्धनको बैठकमा रास्वपाका सभापति रवि लामिछानेले आफ्नो पार्टीले उप्रधानमन्त्रीसहित गृह र भौतिक पूर्वाधार मन्त्रालय पाउनुपर्ने दाबी गरेका हुन् । प्रतिनिधिसभामा रास्वपा २० सिटसहित चौथो ठूलो दल बनेको छ ।
सभापति लामिछानेकाे दाबी सुनेपछि लामिछानेकाे ध्यान अन्यत्रै माेडने मुडमा प्रचण्ड देखिएकाे बताइएकाे छ । गृह, अर्थ, भाैतिक र परराष्ट्र माओवादी केन्द्र र एमाले अरूलाई नदिने याेजनामा रहेकाे बताइन्छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, राप्रपाका अध्यक्ष राजेन्द्रकुमार लिङदेन, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायत सरकारमा सामेल दलका शीर्ष नेताहरु सहभागी छन ।
राप्रपाले भने तत्काल सरकारमा नजाने र समर्थन मात्र गर्ने निर्णय गरेको छ । आइतबार मात्र नियुक्त भएका प्रधानमन्त्री प्रचण्डकाे शपथग्रहण आज दिउँसाे ४ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुँदैछ । मन्त्रालयको भागबण्डा मिलेको खण्डमा मन्त्रीहरुलाई सोही समारोहमा शपथग्रहण गराउने तयारी भइरहेको छ
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थसहित पाँच संसदीय समितिको बैठक बस्दै
पुष २९, २०८१ सोमबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यी पाँच प्रदेशमा वर्षा हुने, हिमाली भू–भागमा हिमपातको सम्भावना
पुष २९, २०८१ सोमबार
जाडो बढेसँगै सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
पुष २९, २०८१ सोमबार
विदेशी बजारमा कर्णालीको अदुवा र बेसार
पुष २९, २०८१ सोमबार
‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन
पुष २९, २०८१ सोमबार
अर्थसहित पाँच संसदीय समितिको बैठक बस्दै
पुष २९, २०८१ सोमबार
स्वस्थानी व्रतकथा आजदेखि सुरु
पुष २९, २०८१ सोमबार