क्रान्तिको बाटो बांगोटिंगो भएकोले विकास र समृद्धिका लागि सहकार्य गरौं : बाबुराम भट्टराई
नेपालबहस संवाददाता
पुस ११, २०७९ सोमबार १९:४४:२८
११ पुष, काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले क्रान्तिको बाटो बांगोटिंगो र अनिश्चयले भरिएको बताएका छन् ।
आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई शुभकामना दिँदै अध्यक्ष भट्टराईले सामाजिक संजाल ट्वीटरमा सन्देश पोष्ट गर्दै क्रान्तिको बाटो बागोटिंगोले भरिएको र प्राप्त उप्लब्धिहरुलाई संस्थागत गर्दै समृद्धिका लागि सहकार्य गर्नुपर्ने बताएका छन् । प्रचण्डलाई भेट गरेरै भट्टराई दम्पतिले बधाई शुभकामना दिएका छन् ।
उनले क्रान्तिको बाटो अनिश्चयपूर्ण बनेको भन्दै जीवनको अन्तिम कालखण्डसम्म देशलाई समृद्ध बनाउन सहकार्य गर्न सबै अघि सर्नुपर्ने बताए । उनले प्रचण्डलाई तेश्रो कार्यकालकानिम्ति देशको प्रधानमन्त्री बनेमा बधाइ तथा कार्यकालको पूर्ण सफलताको शुभकामना दिएका छन् ।
‘तेश्रो कार्यकालकानिम्ति देशको प्रधानमन्त्री बन्नुभएकोमा हार्दिक बधाइ तथा पूर्ण सफलताको शुभकामना ! क्रान्तिको बाटो बांगोटिंगो र अनिश्चयले भरिपूर्ण भएकाले जीवनको अन्तिम कालखण्डमा हामीले सम्पन्न गरेको जनक्रान्तिका उपलब्धीहरू संस्थागत गर्दै देशलाई समृद्ध बनाउन सहकार्य गरौं ! भट्टराईले ट्वीट गरेका छन् ।
एमाले, रास्वपा, राप्रपा, जसपा, जनमत लगायत ७ दलकोा समर्थनमा प्रचण्ड तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । उनको शपथग्रहण आज दिउँसो ४ बजे राष्ट्रपति कार्यालय शितलनिवासमा हुँदैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार