निवर्तमान पर्यटनमन्त्री श्रेष्ठले १८३ दिनमा गरेका काम
नेपालबहस संवाददाता
पुस ११, २०७९ सोमबार २०:२२:२८
११ पुष, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोभिड–१९ महामारीबाट थलिएको पर्यटन पुनरुत्थानको रणनीतिक कार्ययोजना तयार गर्नेदेखि अन्तर्राष्ट्रिय जगतमा नेपालको पर्यटन प्रवर्द्धन गर्ने तथा अमेरिकालगायत मुलुकसँग द्विपक्षीय हवाई सम्झौताको तयारीलगायत काम गरेको छ ।
निवर्तमान पर्यटनमन्त्री जीवनराम श्रेष्ठले मन्त्रीको जिम्मेवारी सम्हालेको एक सय ८३ दिनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा पर्यटन प्रवर्द्धन, दिगो पर्यटन विकासको रणनीतिक कार्ययोजना तयार गर्नेदेखि अन्तर्राष्ट्रिय जगतमा हवाई सम्पर्क सञ्चालन विस्तारका साथै हवाई पूर्वाधारमा समेत महत्वपूर्ण काम भएको छ ।
२०७९ असार १२ गते पर्यटनमन्त्रीमा नियुक्त भएका मन्त्री श्रेष्ठको नेतृत्व र पहलमा एक सय ८३ दिनको अवधिमा सम्पादन गरिएका प्रमुख कार्य सार्वजनिक गर्दै मन्त्रालयले पन्ध्रौं पञ्चवर्षीय योजना, दीगो विकासको लक्ष्य तथा सरकारको नीति तथा कार्यक्रमले निर्दिष्ट गरेबमोजिम पर्यटन प्रवर्द्धन, पुरातत्व एवम संस्कृति संरक्षण र नागरिक उड्डयनको समग्र विकासमा मन्त्रालयले प्रभावकारी भूमिका खेलेको उल्लेख गरिएको छ ।
पर्यटन पूर्वाधार सहित समग्र वकिासका लागि पर्यटन दशकको अवधारणा अघि सारिएको छ । नेपाल सरकारले सन् २०२३ देखि २०३२ लाई नेपाल पर्यटन दशकका रूपमा मनाउने निर्णय गरेकाले उक्त अभियानलाई सफल बनाउन नेपाल पर्यटन दशकको रणनीतिक कार्ययोजनाको रुपरेखा तयार गरी सार्वजनिक गरिएको छ । अमेरिकी, स्वीजरल्याण्ड, रुवाण्डालगायतका मुलुकसँग हवाई सम्झौताको तयारी अन्तरिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै नेपालको समग्र पर्यटन, हवाई तथा सांस्कृतिक क्षेत्रमा सहकार्यको सम्भावनाबारे नेपालस्थित विदेशी नियोगका राजदूतसँग सम्भावित सहकार्यको पहल गरिएको छ । यसबीचमा भारत, नाइजेरिया, पोल्याण्ड, कतार, मलेसिया, इटालीलगायत मुलुकका राजदूतसँग छलफल गरिएको छ । विदेशमा नेपालको पर्यटन प्रवर्द्धनलाई प्रभावकारी बनाउनेबारे विभिन्न मुलुकमा रहेका नेपाली राजदूतसँग सामूहिक छलफल गरिएको प्रगति विवरणमा उल्लेख छ ।
कोभिड महामारीले सबैभन्दा धेरै असर गरेको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना ल्याई कार्यान्वयन अघि बढाउनु, पर्यटन पूर्वाधारको विकास, पर्यटन प्रवद्र्धन नेपाल पर्यटन दशक घोषणाजस्ता केही महत्वपूर्ण कामको सुरुवात गरिएको छ । महामारी पश्चात पर्यटनक्षेत्रको विकास र प्रवद्र्ध्नका लागि नेपालको पर्यटन क्षेत्र पुर्नउत्थानसम्बन्धी ७४ बुँदे कार्ययोजना तयार गरी कार्यन्वयन गरिएको तथा पर्यटकका लागि नेपाल बाह्रै महिना घुम्नयोग्य छ भन्ने सन्देश अन्तर्राष्ट्रिय बजारमा प्रवाह गर्ने कार्यक्रम सञ्चालन गरिएको छ ।
नेपालको पर्यटन क्षेत्र पुनरुत्थान गर्न तत्कालीन र दीर्घकालीन कार्ययोजना तयार गरी काम अघि बढाइएको छ । राष्ट्रिय विभूति एवं नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वाको योगदानलाई चीरकालसम्म जिवित राख्न उनले गरेको योगदानको कदरस्वरुप रु एक लाख राशिको तीन जनालाई प्रदान गर्ने गरी शङ्खधर साख्वा राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय गरिएको छ ।
दाङ र चितवनको भरतपुर विमानस्थलमा ७२ सिटे जहाज अवतरण गर्न सक्ने गरी धावनमार्ग विस्तारको कार्य अघि बढाइएको छ । काठमाडौँ, भक्तपुर, पाटन र कीर्तिपुरका सम्पदा क्षेत्रमा रात्रिकालीन पदयात्रा सुरु गर्नेबारे सरोकारवालासँग छलफल गरी आवश्यक पूर्वाधार तयार गरेर रात्रिकालीन पदयात्रा सुरु गर्ने चरणमा रहेको छ ।
रात्रिकालीन सम्पदायात्राले उपत्यकाका मठमन्दिर, जात्रा पर्वले मात्रै होइन बाजागाजा, सांस्कृतिक नाच, झाँकी र भजनले पनि पुर्नजीवन पाउनेछन् । हवाई सम्पर्क विस्तार, विमानस्थल स्तरोन्नति तथा नयाँ विमानस्थल निर्माणलाई प्राथमिकताका साथ अघि बढाइएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भइसकेको तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पूरा गरी आगामी जनवरी १ मा उद्घाटन गर्ने मिति तय गरिएको छ भने निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी अन्योलको अन्त्य भएको छ । सर्वोच्च अदालतको परमादेशअनुसार पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि अध्ययन गरी प्रतिवेदन पेस गर्न मन्त्रिपरिषदले विज्ञ समूह गठन गरी अध्ययन प्रतिवेदन तयार गरेको छ ।
अन्तर्रािष्ट्रय नागरिक उड्डयन सङ्गठनको महासभामा नेपालका तर्फबाट सम्बोधन गर्दै उड्डययन क्षेत्रलाई सुरक्षति, भरपर्दो र स्तरीय बनाउने सरकारको प्रयासबारे अन्तर्राष्ट्रिय समुदायलाई विश्वस्त पारिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत
पुष २८, २०८१ आइतबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार