एमालेलाई सुरुमै ४ मन्त्रालय, को को बन्दैछन् मन्त्री ?
नेपालबहस संवाददाता
पुस ११, २०७९ सोमबार २१:१४:३९
११ पुष, काठमाडौं । नेकपा (एमाले)ले उपाध्यक्ष विष्णु पौडेलसहित ४ जनालाई सरकारमा मन्त्री बनाउने भएको छ । उपप्रधान मन्त्री र अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी पौडेल सरकारमा पठाइँदैछ भने दामोदर भण्डारी, ज्वाला साह र राजेन्द्र राईलाई मन्त्री बनाउने एमालेले तय गरेको छ ।
केही बेरपछि नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ लिँदैछन् । राष्ट्रपति कार्यालय शितल निवासमा हुने शपथ कार्यक्रममा सत्ता गठबन्धनबाट सिफारिसमा परेका अन्य उपप्रधानमन्त्री तथा मन्त्रीहरूले शपथ दिने जनाइएको छ ।
एमालेसहित ७ दलको समर्थनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । प्रचण्ड नेतृत्वको सरकारमा एमाले सबैभन्दा ठूलो दल हो । एमालसँग ७८ सांसद छन् । माओवादी केन्द्रसंग जम्मा ३२ सांसद छन् ।
सरकारमा सामेल अन्य दलहरु रास्वपासँग २०, राप्रपासँग १४, जसपासँग १२, जनमत पार्टीसँग ६, नागरिक नन्मक्ति पार्टीसँग ४ सांसद छन् । ३ जना स्वतन्त्र सांसदले पनि यो सरकारलाई समर्थन गरेका छन् । सरकारलाई १६९ सांसदकाे समर्थन रहेकाे छ ।
नयाँबानेश्वरस्थित संसद भवनमा बसेको सत्तारुढ दलहरुको बैठकबाट मन्त्रालयको भागबण्डा लगाएको हो । प्रचण्डले एमालेलाई शुरुमै ४ मन्त्रालय दिएका छन् । संघीय सरकारलाई २५ वटासम्म मन्त्रालयको संख्या पुर्याउन सकिने व्यवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार