प्रहरीको छानविनमा रहेका लामिछाने उपप्रधानसहित गृहमन्त्रीमा नियुक्त
नेपालबहस संवाददाता
पुस ११, २०७९ सोमबार २२:३२:३१
११ पुष, काठमाडौं । नेपाल प्रहरीले विवादित नेपाली नागरिकताबारे छानविन गरिरहेका रवि लामिछाने नेपाल सरकारकाे उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भएका छन् । उनी गृहमन्त्रीमा नियुक्त भएसँगै अब छानविनमा रहेको उनको नागरिकता के हुन्छ प्रश्न उब्जिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता छानविन गर्न प्रहरीलाई पत्र पठाएको थियो ।
चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेको नागरिकता छानविन गर्न भन्दै जिल्ला प्रशासनले काठमाडौं जिल्ला प्रहरी परिसरमा पत्र पठाएको पनि लामो समय भइसकेको छ । तर, त्यसको अनुसन्धान र छानविनको प्रक्रिया सकिएको छैन् । प्रहरीले केही दिनमा नै अनुसन्धान प्रक्रिया सकिने बताएकाे छ ।
चितवन–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका बेला लामिछानेविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको थियो । नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिक बनेका लामिछानेले अमेरिकी नागरिकता त्यागेर पुनः नेपाली नागरिकता प्राप्त नगरेको भन्दै उम्मेदवारी खारेज गर्न माग गर्दै निवेदन परेको थियो । उनी गृहमन्त्री भएपछि छानविन पनि प्रभावित हुने देखिएको छ ।
आज अपराह्न प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेकी छिन् ।सोमबार शीतलनिवासमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री दाहाल र ३ जना उपप्रधानमन्त्री र ४ जना मन्त्रीलाई शपथग्रहण गराएकी हुन् ।
एमालेबाट विष्णु पौडेल, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधामन्त्री बनेका छन् । एमाले उपाध्यक्षसमेत रहेका पौडेललाई अर्थमन्त्रालय र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष रहेका श्रेष्ठलाई भौतिक पूर्वाधार र लामिछानेलाई गृहमन्त्रालयको जिम्मेवारी दिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार