कर्णाली प्रदेशका सांसदले लिए शपथ
नेपालबहस संवाददाता
पुस ११, २०७९ सोमबार २२:५०:२
११ पुष, सुर्खेत । कर्णाली प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्य (सांसद)हरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । ज्येष्ठ सदस्य विनोदकुमार शाहले सोमबार सांसदहरुलाई प्रदेशसभा भवनमा शपथ ग्रहण गराएका हुन् ।
शपथ ग्रहण गर्नुअघि शाहलाई प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका थिए । ज्येष्ठ सांसद शाहले प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम नवनिर्वाचित सांसदलाई शपथ खुवाएका हुन् । शाहले सभामुख र उपसभामुखको निर्वाचन नहुञ्जेलसम्म कार्यवाहक सभामुखको रुपमा प्रदेशसभा संचालन गर्नेछन् ।
४० सदस्वीय कर्णाली प्रदेश सभामा २४ जना प्रत्यक्षतर्फ र १६ जना समानुपातिक प्रणालीबाट सांसद बनेका हुन् । कर्णालीमा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १/१ जना सांसद छन् । एक जना स्वतन्त्र सांसद छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्लामा अनलाइनबाट नागरिकता सिफारिस
पुष २८, २०८१ आइतबार
भूकम्पमा भत्केका विद्यालय प्रदेश सरकारले पुनर्निर्माण
पुष २५, २०८१ बिहिबार
हृदयाघातबाट पालिका कर्मचारीको निधन
पुष २१, २०८१ आइतबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
स्वर्णलक्ष्मी सहकारी ठगीमा रविको बयान सकियो, आजदेखि थुनछेक बहस
पुष २९, २०८१ सोमबार
यी पाँच प्रदेशमा वर्षा हुने, हिमाली भू–भागमा हिमपातको सम्भावना
पुष २९, २०८१ सोमबार
जाडो बढेसँगै सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
पुष २९, २०८१ सोमबार
विदेशी बजारमा कर्णालीको अदुवा र बेसार
पुष २९, २०८१ सोमबार
‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन
पुष २९, २०८१ सोमबार
अर्थसहित पाँच संसदीय समितिको बैठक बस्दै
पुष २९, २०८१ सोमबार