कांग्रेस इतरसमूहले सुरु गर्यो केन्द्रीय समिति बैठकमा उठाउने एजेन्डाबारे छलफल
नेपालबहस संवाददाता
पुस १३, २०७९ बुधबार १६:५१:०
१३ पुस, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतरसमूहका नेताहरु पार्टीको वर्तमान अवस्थाबारे छलफलमा जुटेका छन् । सो समूहका नेता डा. शेखर कोइरालाको सचिवलयमा अहिले शीर्ष नेताहरुको बैठक बसिरहेको छ । कोइरालाको सम्पर्क कार्यालयमा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, संसदीय दल निर्वाचनको समीक्षा र आगामी केन्द्रीय समिति बैठकका रणनीतिबारे छलफल भइरहेको कांग्रेस नेता रन्जित कर्णले जानकारी दिए ।
संसदीय दलको निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध कोइराला पक्षबाट कांग्रेस महामन्त्री गगन थापाले प्रतिस्पर्धा गरेका थिए । तर थापा ३९ मत अन्तरले पराजित भए । लगत्तै कांग्रेस नेतृत्वको गठबन्धनबाट माओवादी अलग भएर एमालेसँग मिेर सरकारको नेतृत्व गरेको छ । गठबन्धन जोगाउन नसकेको भनेर कोइराला, थापा लगायतका नेताहरुले देउवाको आलोचना गर्दै आएका छन् ।
यिनै घटनाक्रमका बीच नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बैठक आगामी २२ गते पार्टी कार्यालय सानेपामा बोलाइएको छ । सो बैठकमा उठाउने एजेन्डाबारे कोइराला पक्षमा आन्तरिक छलफल भइरहेको छ । बैठकमा शेखरसहित गगन थापा, धनराज गुरुङ, जीवन परियार, अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, चन्द्र भण्डारी, सरिता प्रसाईं, हृदयराम थानी, दीपक गिरीलगायत सहभागी रहेको नेता कर्णले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार