जसपा संसदीय दलको नेता चयनप्रति अशोक राई असन्तुष्ट
नेपालबहस संवाददाता
पुस १३, २०७९ बुधबार १९:३७:५३
१३ पुष, काठमाडौं । जनता समाजवादी पार्टीको अध्यक्षमा रामसहायप्रसाद यादव चयनप्रति पार्टीका वरिष्ठ नेता अशोक राइ असन्तुष्ट बनेका छन् । दलको नेता चयनका लागि बुधबार निर्वाचन गर्ने जसपाको तयारी थियो । तर, पार्टी अध्यक्ष उपेन्द्र यादवले रामसहायलाई दलको नेता बनाउने निर्णय गरेपछि पार्टीका अधिकांश सांसदहरूसहित राइ असन्तुष्ट भएका हुन् ।
जसपा दलको नेताका लागि अशोक राई र राजकिशोर यादव आकांक्षी थिए । तर, अध्यक्ष यादवले आफ्ना विश्वासपात्र यादवलाई संसदीय दलको नेता बनाउने निर्णयमा पुगेपछि असन्तुष्ट प्रकट शुरू भएको छ । जसपासँग १२ सांसद छन् ।
तीमध्ये उपेन्द्र यादवले आपफ्रनो पक्षमा ७ जना सांसद रहेको दाबी गर्दै रामसहायको पक्ष निर्णय लिए पछि असन्तुष्ट बाहिरएको हो । राई दलको नेता बनेर सरकारमा पार्टीको नेतृत्व गर्न चाहन्थे । तर अध्यक्ष यादवले उनको चाहना तुहाइदिए । नेतामा सहमति जुट्न नसकेकै कारण बुधबार निर्वाचन हुँदै थियाे । तर चुनाव हुनै दिइएन । यसबाट सरकारमा जाने वा नजाने ? भन्नेबारे विषयमा विवाद चल्ने देखिएको छ ।
अध्यक्ष यादव सप्तरीबाट निर्वाचन हारेपछि संसदीय दलको नेतामा हानथाप चलेको हो । हारसँगै पार्टीको नेतृत्वबारे नै समीक्षा गर्नुपर्ने आवाज जसपाभित्र बलियो बन्दै गएको छ । तत्कालीन अवस्थामा डा. बाबुराम भट्टराई अलग भएपछि संघीय परिषद अध्यक्ष बनेका अशोक राई पार्टी उपेन्द्रको स्थान लिने योजना लागेको बताइन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थसहित पाँच संसदीय समितिको बैठक बस्दै
पुष २९, २०८१ सोमबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
स्वर्णलक्ष्मी सहकारी ठगीमा रविको बयान सकियो, आजदेखि थुनछेक बहस
पुष २९, २०८१ सोमबार
यी पाँच प्रदेशमा वर्षा हुने, हिमाली भू–भागमा हिमपातको सम्भावना
पुष २९, २०८१ सोमबार
जाडो बढेसँगै सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
पुष २९, २०८१ सोमबार
विदेशी बजारमा कर्णालीको अदुवा र बेसार
पुष २९, २०८१ सोमबार
‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन
पुष २९, २०८१ सोमबार
अर्थसहित पाँच संसदीय समितिको बैठक बस्दै
पुष २९, २०८१ सोमबार