नेपाल टी-२० लिग: लुम्बिनी सुपर ओभरमा विजयी
नेपालबहस संवाददाता
पुस १३, २०७९ बुधबार १९:४३:४७
१३ पुष, काठमाडौं । लुम्बिनी अल स्टार्सले नेपाल टी-२० लिगअन्तर्गत बुधबार भएको पहिलो खेलमा फार वेस्ट युनाइटेडलाई सुपर ओभरमा हराएको छ । कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा निर्धारित २० ओभको खेल ‘टाइ’ भएपछि खेलको नतिजा ‘सुपर ओभर’मा आएको थियो ।
सुपर ओभरमा पहिलो ब्याटिङ गरेको लुम्बिनीले २० रनको लक्ष्य दियो । २८ वर्षीय श्रीलंकाका मालिन्थाले सुपर ओभरमा दुई छक्का हिर्काएका थिए । बलिङमा फार वेस्टका करण केसीले १९ रन खाए । प्रत्युत्तरमा ब्याटिङ गर्न आएको फार वेस्टले १० रन मात्र बनाउन सक्यो । जितसँगै लुम्बिनी अपराजित यात्रा चौथो खेलमा पुर्याएको छ । लुम्बिनी चार खेलबाट आठ अंकसहित शीर्ष स्थानमा छ । फार वेस्टको दुई खेलमा दुई अंक छ ।
एक सय ३८ रनको मध्यम लक्ष्य पछ्याएको लुम्बिनीले अन्तिम बलमा आठ विकेट गुमाउँदै एक सय ३७ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो । लुम्बिनीका ओपनर लाहिरु मालिन्थाले २० बलमा सर्वाधिक ३४ रन बनाएका थिए । विपुर शर्माले २७ बलमा ३१ रनको योगदान गरे । यसबाहेक गुल्शन झाले २४ बलमा ३६ रन बनाएका थिए ।
मध्यक्रमका ब्याट्सम्यानले कमजोर प्रदर्शन गरेपछि लुम्बिनीको इनिङ सोचेजस्तो रहेन । ओपनर सुनिल धमला तेस्रो नम्बरमा ब्याटिङमा आएका कुशल भुर्तेल शून्यमा पेभिलियन फर्किएका थिए । कप्तान दीपेन्द्रसिंह ऐरी ४ र अनिल शाह ९ रनमा आउट भए ।
बलिङतर्फ फार वेस्टका सादले करण केसी र शेर मल्लले समान २ विकेट लिएका थिए । यसैगरी रसिद खान, अमैर अली, हस्मतउल्लाह शाहीदी र भुवन कार्कीले समान एक विकेट लिन सफल भए ।
यस अघि टस हारेर ब्याटिङका गरेको फार वेस्टले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ३७ रन बनाएको थियो । पहिलो विकेटका लागि ओपनर देव खनाल र हासिम अन्सारीले ४४ रनको साझेदारी गरेका थिए । देवले ४२ बलमा ४८ रन बनाएका थिए । हासिमले २३ बलमा ११ रन बनाए । कप्तान हज्मतुल्लाह साहिदीले २९ बलमा ३२ रन जोडेका थिए । यसबाहेक हसिम अन्सारीले ११, भिम सार्कीले १५, विनोद भण्डारीले ११ र करण केसीले १२ रन बनाएका थिए ।
लुम्बिनीका साड्ले भान स्खाक्विनले दुई विकेट लिए । यसैगरी सागर ढकाल, हर्मित सिंह र किशोर महतोले समान एक विकेट लिन सफल भए । आज नै हुने दोस्रो खेलमा विराटनगर सुपर किंग्स र पोखरा एभेन्जर्सले प्रतिस्पर्धा गर्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजय ट्रफीः मधेसलाई हराउँदै आर्मी ८ विकेटले विजयी
पुष २८, २०८१ आइतबार
भारतको क्रिकेट अब असामका देवजित सौकियाले हाँक्ने
पुष २८, २०८१ आइतबार
च्याम्पियन ट्रफिका लागि न्युजिल्यान्डको टिम घोषणा, सुरुवाती खेल पाकिस्तानसँग
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा
पुष २९, २०८१ सोमबार
आईसीएफसी फाईनान्सले ३० करोड बराबरको ऋणपत्र निष्काशन गर्ने
पुष २९, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
पुष २९, २०८१ सोमबार
सुनको मूल्य तोलामा १ लाख ५६ हजार नजिक
पुष २९, २०८१ सोमबार
पृथ्वीराजमार्ग सडक विस्तार: पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति
पुष २९, २०८१ सोमबार
संरक्षणको अभावमा ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत
पुष २९, २०८१ सोमबार