देशमा अबको आन्दोलन आध्यात्मिक आन्दोलन
नेपालबहस संवाददाता
पुस १३, २०७९ बुधबार २०:९:५१
झण्डा बोकेको भरमा शक्ति आर्जन गर्नेहरु, बन्दूक बोकेको भरमा सत्ता प्राप्त गर्नेहरु, भ्रष्टाचार गरेको भरमा रातारात करोडपति देखि अर्बपतिसम्म बन्न भ्याएकाहरुलाई देशको साँचो सुम्पनु पर्ने बाध्यात्मक अवस्थाको उपज हो रुकुमका यि दुई बालकहरुको बर्तमान दर्दनाक अवस्था । २०४६ सालमा प्राप्त राजनीतिक परिवर्तनलाई संस्थागत गर्न नपाउँदै उत्पत्ति भएको माओबादी बिधंसात्मक आन्दोलनले बिकासको पदचाँप पछ्याउन खोजिरहेको नेपालमा पूर्णबिराम मात्रै लगाई दिएन ।
भएका संरचनाहरु समेत समाप्त पार्ने खेलले निरन्तरता पाइरह्यो । भएका पूर्वाधारहरु नै ध्वस्त पारेर ल्याउन खोजेको परिवर्तनले पनि नेपाली जनताको मुहारमा हाँसो ल्याउन सकेन । बिकासको निरन्तरको ओरालो यात्रामा रुमल्लिएर लाखौ नेपाली जनताहरुले आफ्नो प्यारो मातृभूमी छोडेर पराया देशमा पाखुरा बजार्न जानु पर्यो । अब त होला की ? भन्ने झिनो आशामा बाँचेका कैयौं तन्नेरीहरु पनि अहिले उहि परायाको शरणमा पर्नु पर्ने भयाभह स्थितिबाट कसरी आफ्ना नागरिकहरुलाई छुटाउने भन्ने सामान्य पनि सोच नराख्ने बर्तमानका सर्वमान्य नेतृत्वहरुका कारण अझ कैयौं बर्ष नेपालीहरुले बिदेशी भूमिमा रगत र पसिना खर्चिनु पर्ने अवस्था ज्यूँदै देखिन्छ ।
केहि समय अघि सामाजिक सञ्जालमा देखिएको नावालकहरुको बैदेशिक रोजगारीको यात्रा देख्दा आम नेपाली नागरिकहरुको मन रोएको छ । देशमा चारपैसा आम्दानी हुने वातावरण नभएपछि जाने बिदेशमै हो । खाने हण्डर र ठक्कर नै हो । सहने बेइज्जत र अपमान नै हो । यस्ता कुराहरुले हाम्रा देशका नपुंसक नेतृत्वलाई कुनै प्रकारको फरक पर्दैन । लाज समेत लजाउने अवस्थाका हर्कत गर्न नभ्याइरहेको बर्तमान अवस्थामा आफ्ना देशका नागरिकहरुको यस्तो दर्दनाक अवस्था तर्फ दृष्टि लगाउने फुर्सद पनि यीनीहरुलाई छैन ।
नेपालको कानूनले १८ बर्ष मुनिका नागरिकहरुलाई बालबालिका भन्दछ । तर यिनिहरुको दुधे ओठ र मलिन शरिर हेर्दा लाग्छ यीनीहरु मरेर १५ कटेका हुन् । उमेर जेसुकै होस तर यीनीहरुको बाध्यात्मक अवस्था र परिस्थितिको अनुसन्धान गर्ने कुनै सरकारी तथा गैरसरकारी संस्था अझैसम्म नेपालमा रहेको देखिएन । सरकार त यसै पनि आफ्ना देशका नागरिकहरुका लागि उदाशिन नै रहेको छ तर यिनै बालबालिकाहरुको लागि सुरक्षित भविष्यको खोजी गर्न बिदेशबाट डलरको बोरा बोकेर आएका अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुसमेत यीनीहरुका लागि बरदान साबित हुन सकेनन् ।
यीनै बालबालिकाहरुको भविष्य उज्वल बनाउन पाँचतारे होटेलहरुमा करोडौं खर्चिन सक्ने यस्ता गैरसरकारी संस्थाहरुकोसमेत आँखा पर्न नसक्नु र यि बालकहरुको बैदेशिक यात्रा रोकेर देशमै रोजगारको अवसर सृजना गरियो भन्ने खबर सुन्न नपाउनु हामी नेपाली जनताहरुको लज्जाजनक अवस्था हो । हिजो यिनै नागरिकहरुको अवस्था सुधारका लागि झण्डा बोकेका हातहरुले अहिले यस्ता दर्दनाक कहानीहरु लेख्नु परिरहेको छ । हिजो ब्यवस्था परिवर्तनका लागि निस्किएका जनता जिन्दाबादका आवाजहरुले अहिले हामीलाई नै गिज्याइहेको छ । हामी लाचार छौं यो रमिता हेर्न, नेतृत्वको रत्यौली हेर्न, नकचराहरुको नाटक हेर्न, नपुंसकहरुको कृडास्थल हेर्न ।
यो बर्तमान देशको एउटा सांकेतिक उदाहरण मात्रै हो । यस्ता कैयौँ बालबालिकाहरु अहिले पनि भारतमा भाडाँ माझिरहेका छन्, बिदेशमा बेल्चा हानीरहेका छन्, मलेसियामा भेडा चराइरहेका छन् । राजनीतिक ब्यवस्था परिवर्तनले मात्रै नागरिकहरुको अवस्था परिवर्तन गर्न सक्दैन भन्ने कुरा स्पष्ट भैसके पछि अबको आन्दोलन आध्यात्मिक आन्दोलन हुन जरुरी भैसकेको छ । देशलाई सबल, सक्षम र समुन्नत बनाउन दलहरुको खिचातानी र गलत हर्कतबाट संभव नहुने देखिए पछि अब नागरिकहरुले यसको बिकल्प खोज्न जरुरी छ । बिकल्प खोज्नु भनेको दलप्रतिको अविश्वास हैन निगरानी हो, दलहरुको स्वेच्छाचारीका बिरुद्धको लगाम हो, जनताप्रति उत्तरदायी बनाउने औषधि हो ।
रुकुमका यि बालकहरु बिदेश जानबाट रोकिनु पर्छ । राजधानीमै रोजगारको प्रबन्ध गरिनु पर्छ । देशमा भएका युवाशक्तिलाई बिदश पलायन बनाएर देशलाई खण्डहर बनाउनेहरुका बिरुद्ध अब नयाँ आन्दोलन गर्न जरुरी छ । यो आन्दोलन बिकासको आन्दोलन हुनेछ । रोजगारको आन्दोलन हुनेछ, यो आन्दोलन आत्मनिर्भरताको आन्दोलन हुनेछ, यो आन्दोलन नेपाल आमाको आखाँमा खुसी ल्याउने आन्दोलन हुनेछ । अभाव, अशिक्षा र बेरोजगारी देशबाट बिस्थापित हुनेछ । यति भए पनि मात्रै आम नेपाली नागरिकहरुको मन खुसी हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार