माओवादी केन्द्रलाई २ मुख्यमन्त्री दिएर ४ वटा लिने ओलीकाे दाउ, जसपा र जनमतलाई मधेशमा आलोपालोमा धकेल्ने
नेपालबहस संवाददाता
पुस १३, २०७९ बुधबार २०:५८:५७
१३ पुष, काठमाडौं । सरकारका मुख्य डिजाइनर मानिने नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बुधबार बिहान प्रधानमन्त्री प्रचण्डको निवासमा पुगेर सातै प्रदेशका मुख्यमन्त्री पद बाँडफाँटबारे छलफल गरेका छन् ।
प्रचण्डसँगको ‘वान टू वान’ छलफलमा ७ प्रदेशमध्ये सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्रलाई २, एमालेलाई ४ र मधेश प्रदेशमा भने जनमत पार्टी र जसपालाई आलोपालोमा मुख्यमन्त्री चलाउन सहमत गराउने बारे छलफल भएको बताएका छन् ।
एमाले र माओवादी केन्द्रले कुन कुन प्रदेश लिने भन्ने बारेकाे अर्को छलफलबाट टुंगो लगाउने गरी ओली खुमलटारबाट फर्किएका छन् ।
ओलीकाे प्रस्तावमा प्रचण्डले पार्टीभित्र छलफल गरेर टुंगाेमा पुग्ने बताएकाे स्राेतले जनायाे । प्रचण्ड र ओलीबीच सहमति जुटेपछि मात्र अन्य सत्ताघटक दलहरुसँग छलफलमा बस्ने विषयमा दुई नेता सहमत भएको स्रोतले बतायो ।
माओवादी केन्द्रलाई लुम्बिनी र सुदूरपश्चिममा धकेल्ने ओलीको योजना रहेको बताइएको छ । मधेसमा एमाले र माओवादी केन्द्र दुवै दल कमजोर छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थसहित पाँच संसदीय समितिको बैठक बस्दै
पुष २९, २०८१ सोमबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
सुनको मूल्य तोलामा १ लाख ५६ हजार नजिक
पुष २९, २०८१ सोमबार
पृथ्वीराजमार्ग सडक विस्तार: पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति
पुष २९, २०८१ सोमबार
संरक्षणको अभावमा ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत
पुष २९, २०८१ सोमबार
‘द न्युयोर्क टाइम्स’ को सूची: विश्वका घुम्नलायक स्थानमा लुम्बिनी ‘टप टेन’ मा
पुष २९, २०८१ सोमबार
अझै स्तरोन्नति भएन सहीद मार्ग, सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य
पुष २९, २०८१ सोमबार
जिल्लामा एमबीबीएस पठनपाठन सुरू भएपछि झापावासी हर्षित
पुष २९, २०८१ सोमबार