कांग्रेसले अन्तरघातीहरूकाे सूची पठाउने समय बढायाे
नेपालबहस संवाददाता
पुस १३, २०७९ बुधबार २१:१६:१२
१३ पुष, काठमाडौं । नेपाली कांग्रेसले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गरेका नेता कार्यकर्ताको सूची पठाउने समय थप गरेको छ ।
केन्द्रीय अनुशासन समितिले यसअघि प्रदेश र जिल्ला कार्यसमितिलाई परिपत्र यही पुस १५ भित्र अन्तर्घातीहरुको सूची पठाउन परिपत्र गरेकोमा यसलाई बढाएर आगामी माघ १५ गतेसम्मका लागि समय थपेको हो । कांग्रेस सचिव प्रेम केसीले बुधबार सूचना जारी गरेर उजुरी दिने समय थप गरिएको जनाएका छन् ।
परिपत्रमा कांग्रेसले गठबन्धनका उम्मेदवारलाई असहयोग गर्नेको पनि सूची पठाउन भनेको थियो । तर गठबन्धनमा रहेका दोस्रो दल माओवादी केन्द्र एमालेसँग मिलेर सरकार बनाएपछि माओवादी केन्द्रबाट गठनबन्धनका उम्मेदवार बनेकाहरुमाथि भोट क्रस गर्ने वा भोट नहाल्न भूमिका खेल्ने पार्टीका नेता कार्यकर्तामाथि कारवाही गर्दा ‘विचार’ पुर्याइने देखिएको छ ।
कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, लोसपा, राजमो गठबन्धन बनाएर चुनावमा गएका थिए । गठबन्धन यही पुस १० मा भत्किएपछि कांग्रेसले नयाँ तरिकाले छानबिन गर्ने तयारी भएको बताइन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थसहित पाँच संसदीय समितिको बैठक बस्दै
पुष २९, २०८१ सोमबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
स्वर्णलक्ष्मी सहकारी ठगीमा रविको बयान सकियो, आजदेखि थुनछेक बहस
पुष २९, २०८१ सोमबार
यी पाँच प्रदेशमा वर्षा हुने, हिमाली भू–भागमा हिमपातको सम्भावना
पुष २९, २०८१ सोमबार
जाडो बढेसँगै सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
पुष २९, २०८१ सोमबार
विदेशी बजारमा कर्णालीको अदुवा र बेसार
पुष २९, २०८१ सोमबार
‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन
पुष २९, २०८१ सोमबार
अर्थसहित पाँच संसदीय समितिको बैठक बस्दै
पुष २९, २०८१ सोमबार