पठनपाठन बन्द गरेर विद्यालयमा वर्षेनि महोत्सव
नेपालबहस संवाददाता
पुस १३, २०७९ बुधबार २१:२२:१२
१३ पुष, सुर्खेत । जिल्लाको भेरी नगरपालिका९३ स्थित त्रिभुवन माध्यमिक विद्यालयमा पठनपाठन बन्दा गरेर महोत्सव लगाएको छ । जाजरकोट उद्योग वाणिज्य संघले सोमबारदेखि १७ पुससम्म मेला आयोजना गरेको हो ।
तत्कालीन राजा वीरेन्द्रको जन्मोत्सवका अवसरका २०३५ सालदेखि आयोजना गरिने उत्सव केही वर्षयता महोत्सवका रूपमा परिणत हुँदै आएको छ । विद्यालय हाताभित्र शैक्षिकबाहेक अन्य कुनै पनि प्रकारका सार्वजनिक गतिविधि गर्न नपाइने भए पनि यस विपरित पढाइ रोकेर मेला आयोजना गरिएको छ ।
विद्यालयमा वर्षेनि यसरी नै मेला आयोजना हुने गरेको छ । आफ्नो कार्यक्षेत्रभित्र आयोजना हुने यस प्रकारका मेला–महोत्सव गर्नसम्बन्धित स्थानीय सरकारबाट लिखित अनुमति लिनुपर्ने व्यवस्था छ । तर, यहाँ त विद्यालयलाई नै नसोधेर कार्यक्रम भइरहेको पाइएको छ ।
‘कृषि, पर्यटन, कला, वातावरण तथा औद्योगिक व्यापार मेला-०७९’ नाम दिइएको यो महोत्सव आयोजना गर्न भेरी नगरपालिकाले अनुमति नदिएको नगर कार्यपालिकाका शाखा अधिकृत दलबहादुर घर्तीले बताए । विद्यालयमा यसरी महोत्सव लगाउन नदिने भनेर नगरपालिकाले एक वर्षअघि नै निर्णय गरेको दाबी गर्दै अधिकृत घर्तीले अनुमतिबिना कार्यक्रम हुन लागेको बताए ।
विद्यालयले अघिपछि हुने पर्व बिदा कटाएर पठनपाठनको क्षतिपूर्ति गर्ने प्रबन्ध मिलाएको बताउँदै प्रधानाध्यापक भक्तबहादुर मल्लले बताए । तर मेला, महोत्सवका विषयमा आफ्नो गम्भीर असहमति रहेको बताए । महोत्सवका बेला हुने कुनै पनि भौतिक क्षति आयोजकले व्यहोर्ने भनेर विद्यालयसँग ६ बुँदे सहमति भएको विद्यालय प्रशासनले जनाएको छ ।
आयोजक संस्था उद्योग वाणिज्य संघका अध्यक्ष रमेश केसीले सदरमुकाम क्षेत्रमा मेला–महोत्सव गर्नका लागि ठाउँ नै नभएकाले विद्यालयमा आयोजना गर्नु आफूहरूको बाध्यता भएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्लामा अनलाइनबाट नागरिकता सिफारिस
पुष २८, २०८१ आइतबार
भूकम्पमा भत्केका विद्यालय प्रदेश सरकारले पुनर्निर्माण
पुष २५, २०८१ बिहिबार
हृदयाघातबाट पालिका कर्मचारीको निधन
पुष २१, २०८१ आइतबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यी पाँच प्रदेशमा वर्षा हुने, हिमाली भू–भागमा हिमपातको सम्भावना
पुष २९, २०८१ सोमबार
जाडो बढेसँगै सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
पुष २९, २०८१ सोमबार
विदेशी बजारमा कर्णालीको अदुवा र बेसार
पुष २९, २०८१ सोमबार
‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन
पुष २९, २०८१ सोमबार
अर्थसहित पाँच संसदीय समितिको बैठक बस्दै
पुष २९, २०८१ सोमबार
स्वस्थानी व्रतकथा आजदेखि सुरु
पुष २९, २०८१ सोमबार