गृह मन्त्रालयको विषयलाई लिएर उपप्रधानमन्त्री श्रेष्ठ असन्तुष्ट, प्रचण्डलाई दिएनन् बधाई
नेपालबहस संवाददाता
पुस १३, २०७९ बुधबार २२:५६:१२
१३ पुष, काठमाडौं । सरकारको नेतृत्व गर्ने दलले गृहमन्त्रालय नराखेर अरुलाई दिएको भन्दै उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाएका छन् । उनले सरकारको फर्मेशन गर्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र आफ्नै पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालसँग यसबारे गम्भिर असन्तुष्टि राखेको बताइएको छ ।
शपथ ग्रहणपछि बसेको पहिलो मन्त्रिपरिषदको बैठकमा उपप्रधान तथा गृहमन्त्री र प्रधानमन्त्री प्रचण्डबीच प्रवक्ताका विषयमा विवाद आएपछि श्रेष्ठ थप असन्तुष्ट बनेको स्रोतको भनाइ छ । सुरुमा गृहमन्त्रालयको तयारीमा बसेका श्रेष्ठलाई अन्तिममा परारष्ट्र हुँदै भौतिक पुर्वाधार मन्त्रालयमा पुर्याइएको थियो । उनी हाल उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायातमन्त्री रहेका छन् ।
असन्तुष्ट श्रेष्ठ मन्त्रालय शपथपछि एकपटकभन्दा मन्त्रालयसमेत नगएको बताइएको छ । प्रधानमन्त्री दाहालले पनि उनलाई गृहकै लागि प्रस्ताव गरेका थिए । तर, पछि ओलीले संसद्को चौथो ठूलो दल रास्वपाका सभापति रवि लामिछानेले गृहमन्त्रालय दिन भनेपछि दाहालले लामिछानेलाई नै गृहमन्त्री बनाउन सहमित जनाएका थिए । दाहालको उक्त निर्णयपछि असन्तुष्ट बनेका श्रेष्ठले गृहमन्त्रालय बाहिर दिन गलत भएको बताउँदै आएका छन् ।
श्रेष्ठ निकट एक माओवादी नेताको भनाइमा शितलनिवासमा शपथ लिएर सिंहदरबारस्थित् मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दा पनि श्रेष्ठ खुसी थएनन् । उनले मन्त्रालयका कर्मचारीले पहिलो निर्णयको लागि तयार पारेको फाइलमा सुरुका दुई वटा निर्णयमा हस्ताक्षर नै गर्न नमानेको उनको भनाइ छ । पछि तेस्रो बुँदाको निर्णयमा भने उनले हस्ताक्षर गरेका थिए । शपथ खाएकै दिन साँझ मन्त्रालय पुगेका उपप्रधानमन्त्री श्रेष्ठ दुई दिनदेखि मन्त्रालय नै गएका छैनन् । उनी हात्तिवनस्थित् आफ्नै निजी निवासमा बसेका छन् ।
मन्त्री श्रेष्ठले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री दाहाललाई अहिलेसम्म उनको निवासमा पुगेर बधाई नदिएको बताइएको छ । मन्त्री श्रेष्ठ दुई दिनदखि मन्त्रालय गएका छैनन् । प्रधानमन्त्री दाहाल भने पदभार ग्रहण गरेको दिनदेखि नियमित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा गएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार