कांग्रेसले तत्काल नीति अधिवेशन बाेलाउनुपर्छ : डा. शेखर कोइराला
नेपालबहस संवाददाता
पुस १३, २०७९ बिहिबार ०:१:११
१३ पुष, विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले कांग्रेसले तत्कालै नीति अधिवेशन बेलाउन माग गरेका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालगायतलाई कारबाही गर्नुपर्छ भन्ने कुरा गलत भएको बताउँदै तत्काल नीति अधिवेशन बोलाउनु पर्ने बताएका हुन् ।
कांग्रेस छोडेर एमालेसँग मिल्नु भनेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धनको मर्म बुझ्न नसकेका मात्र नभइ कांग्रेस नेतृत्वले कमजोरी गरेको उनले बताए ।
कोइरालाले कांग्रेसले माओवादी र एमालेको चाललाई बुझ्न नसक्दा दुर्घटना भएको पनि बताए । ‘हामीले माओवादीको र एमालेको चाललाई बुझ्न सकेनौं,’ कोइरालाले भने । आफूहरूको मान्यता निर्वाचन पछि गठबन्धन गर्ने भन्ने रहेपछि निर्वाचनमा जाँदा नै गठबन्धन गर्दा कमजोरी भएको पनि उनले बताए ।
गठबन्धन विभाजन भएको विषयमा नेपाली काँग्रेसको आगामी पुस २२ गतेदेखि बस्ने केन्द्रीय समितिको बैठकमा निर्मम समीक्षा हुने उनले बताए । ‘हाम्रो तर्फबाट पनि नेगोशिएसन टिम थियो । कसरी वार्ता गरे ? यो विषयमा २२ गतेदेखिको बैठकमा निर्मम समीक्षा गर्छौं,’ कोइरालाले भने ।
अन्तिम समयमा महामन्त्रीहरुलाई बोलाएर निर्णय गरेको भए राम्रो हुने भन्दै कोइरालाले भने, ‘निर्णय गर्दा महामन्त्रीहरुलाई बोलाएको भए हुन्थ्यो । सबैलाई बोलाएर गर्दा पनि हुनेथियो तर, त्यो सम्भव थिएन । कम्तीमा पदाधिकारीलाई बोलाएर । त्यो पनि सम्भव छैन भने महामन्त्रीलाई बोलाएको भए हुनेथियो ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते आह्वान हुने
पुष २८, २०८१ आइतबार
आगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश
पुष २५, २०८१ बिहिबार
कोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
पुष २९, २०८१ सोमबार
पौष शुक्ल पूर्णिमा : एक महिने माधवनारायण व्रत, शालिनदी मेला सुरू
पुष २९, २०८१ सोमबार
जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
पुष २९, २०८१ सोमबार
स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा रविको थुनछेक बहस सुरू
पुष २९, २०८१ सोमबार
सिक्लेसमा ठेलो हान्ने मेला भोलिदेखि सुरु
पुष २९, २०८१ सोमबार
अमेरिकी आगलागीमा ज्यान गुमाउनेको संख्या २४ पुग्यो
पुष २९, २०८१ सोमबार