सत्ता गठबन्धनमा पदीय भागबण्डा र साझा कार्यक्रमबारे छलफल हुँदै
नेपालबहस संवाददाता
पुस १४, २०७९ बिहिबार १५:२:१२
१४ पुष, काठमाडौं । संसद अधिवेशन अगाडी मन्त्रिपरिषद, राष्ट्रपति, सभामुख, मुख्यमन्त्री र सरकारका नीति तथा कार्यक्रम लगायतका विषयमा सहमति जुटाइसक्ने सत्ता गठबन्धनको तयारी छ । यिनै विषयमा छलफल गर्न सत्ता साझेदार दलका शीर्ष नेताको बैठक अहिले बालुवाटारमा सुरु भएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेता सहभागी छन् । शक्ति बाँडफाँट र सरकारको साझा रणनीति तय गर्न बैठक बोलाइएको हाे ।
बुधबार बोलाइएको बैठक स्थगित भएपछि बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल सुरु भएको हो । आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा सरकार गठन भए पनि अरु पदको भागबन्डा टुंगिएको छैन ।
सरकार बिस्तार र शक्ति बाँडफाँडबारे बुधबार प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो । सरकारमा सहभागी भएका साना दलहरुले धरै मन्त्रालयमा दावी गरेपछि मन्त्रिपरिषदको भागबण्डा मिलाउन असहज परिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार