सन्दीप लामिछानेको रिटमा उच्च अदालत पाटनमा सुनुवाइ हुँदै
नेपालबहस संवाददाता
पुस १४, २०७९ बिहिबार १७:५२:१९
१४ पुष, ललितपुर । राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई पुर्पक्षका लागि कारागार चलान गर्ने जिल्ला अदालतको आदेशविरुद्धको पुनरावेदन मुद्दामा पेशी तोकिएको छ।
उच्च अदालत पाटनमा बिहीबारका लागि न्यायाधीश सुभाष पौडेल र किरणकुमार पोखरेलको संयुक्त इजलासमा पेशी तोकिएको हो । पेशी सुनुवाइको पाँचौं नम्बरमा परेको छ ।
जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए । यसअघि गत ७ पुषका लागि पेशी तोकिएको थियो । तर, सर्वोच्च बारको अधिवेशनमा वरिष्ठ अधिवक्ताहरु व्यस्त भएपछि पेशी सरेको थियो ।
नुवाकोट घर भएकी एक ‘नाबालिग’ किशोरीलाई जबरजस्ती बलात्कारको अभियोगमा मुद्दा पुर्पक्षका लागि कारागार थुनामा पठाइएका लामिछानेका कानुन व्यवसायीले गत मंसिर २९ गते पुनरावेदन दर्ता गराएका थिए ।
लामिछानेकाे तर्फबाट पीडित भनिएकी किशोरीको ३ वटा जन्मदर्ता रहेको र उनी नाबालिग नभएको भन्दै अलालतमा प्रमाण पेश गरेका छन् । अदालतले त्यसबारेमा प्रमाण समेत झिकाइसकेको छ।
तीनै दोहोरो कागजातका आधारमा पीडित नाबालिग नरहेको र लामिछानेले जबरजस्ती करणी पनि नगरेको दाबीसहित उनी पक्ष उच्च अदालत पुगेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
पुष २८, २०८१ आइतबार
इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोप-पत्र दायर
पुष २८, २०८१ आइतबार
न्यायपरिषदको सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम सिफारिस
पुष २७, २०८१ शनिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
दल फुुटाउन र मिलाउन प्रधानमन्त्री भएको होइनः ओली
पुष २९, २०८१ सोमबार
माघ महिनाका लागि १७ वटा बैंकको मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर यथावत
पुष २९, २०८१ सोमबार
लस एन्जलस आगलागी : विस्थापितलाई घर फर्काउन कम्तिमा बिहीबारसम्म लाग्ने
पुष २९, २०८१ सोमबार