सत्ता साझेदार दल पुरानै ढर्रामा, न्यूनतम् साझा कार्यक्रम ल्याउने सहमति
नेपालबहस संवाददाता
पुस १४, २०७९ बिहिबार १८:८:८
१४ पुष, काठमाडौं । सत्ता साझेदार दलले न्यूनतम् साझा कार्यक्रम ल्याउने निर्णय गरेर पुरानै ढर्रा दाेर्याएका छन् । सोका लागि बालुवाटारमा बिहीबार बिहान बसेको सत्ता साझेदार दलको बैठकले सरकारमा सामेल ठूलो दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा कार्यदल गठन गरिसकेको छ ।
सोही बैठकले सरकारले गर्न सक्ने किसिमका कार्यक्रम समेटेर ५ दिनभित्र न्यूनतम साझा कार्याक्रम ल्याउन निर्णय भएको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बताए ।
समितिको साझेदार दलबाट एकएक जना प्रतिनिधि रहनेछन् । न्यूनतम् साझा कार्यक्रम तय गर्दा हरेक राजनीतिक दलका एजेन्डा समेट्नेबारे समेत छलफल भएको उनले बताए ।
आजको बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी थिए ।
यसअघि नेकपा लगायत वाम नेतृत्वकाे सरकारका बेला पनि यस्तै निर्णय गरेर जनतामाझ लाेकप्रियता कमाउने खेलाे नचलाएका हाेइनन् ।
सरकारलाई ७ दलले समर्थन गरेपनि जसपा र नागरिक उन्मुक्ति पार्टी भने सरकारमा सहभागी भइसकेका छैनन् । सरकारमा सहभागी हुनुपहिले जसपाले नागरिक वितरण र नागरिक उन्मुक्तिले रेशम चौधरी लगायतलाइ टिकापुर घटनामा लगाइएका मुद्दा खारेजी र बन्दी रिहाइको सर्त राखेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थसहित पाँच संसदीय समितिको बैठक बस्दै
पुष २९, २०८१ सोमबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
माघ महिनाका लागि १७ वटा बैंकको मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर यथावत
पुष २९, २०८१ सोमबार
लस एन्जलस आगलागी : विस्थापितलाई घर फर्काउन कम्तिमा बिहीबारसम्म लाग्ने
पुष २९, २०८१ सोमबार
पाथीभराबाट देखिएको हिमश्रृङ्खला
पुष २९, २०८१ सोमबार