वाणिज्य बैंकले महानगरपालिकामा दर्ता फर्मलाई मात्र ऋण दिने
नेपालबहस संवाददाता
पुस १४, २०७९ बिहिबार १८:२१:२४
१४ पुष, विराटनगर । विराटनगर महानगरपालिकामा दर्ता भएको प्रमाणपत्र लिएर मात्रै व्यवसाय र फर्मलाई ऋण प्रवाह गर्न यहाँका वाणिज्य बैंकहरु तयार भएका छन् ।
आन्तरिक आम्दानीलाई बलियो बनाउने अभियानअन्तर्गत महानगरले वाणिज्य बैंकका प्रादेशिक कार्यालयका प्रमुखलाई बोलाएर आज छलफल गरेको छ । छलफलमा महानगरको आग्रहलाई स्वीकार्दै बैंकका प्रादेशिक प्रमुखले अबदेखि ऋण प्रवाह गर्दा महानगरमा व्यवसाय दर्ता र नवीकरण भए नभएको हेर्ने प्रतिवद्धता जनाएका छन् ।
उनीहरुले विराटनगरको विकास र समृद्धिमा सहयोग गर्न आफूहरु तत्पर रहेको बताए । छलफलमा महानगरभित्र सञ्चालित २१ वटा वाणिज्य बैंकका प्रमुखको सहभागिता थियो । महानगरको कर वृद्धि, पार्किङ व्यवस्थापन, सामाजिक उत्तरदायित्व बहन गर्ने उनीहरुले सामूहिक प्रतिवद्धता जनाएका छन् ।
सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकहरुले गर्ने खर्च महानगरपालिकासित समन्वय र सहकार्य गरेर सञ्चालन गर्नसमेत वाणिज्य बैंकका प्रमुखहरु सहमत भएका छन् । छलफलमा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले महानगरको आन्तरिक आय बढाउन कर संकलन अभियान सञ्चालन भइरहेको जानकारी दिए ।
उनले विराटनगर सबैको भएकाले महानगरको अभियानमा साथ दिन आग्रह गर्दै भने, ‘बैंकहरुले हाल वाणिज्य कार्यालयमा दर्ता भएको प्रमाणपत्रका आधारमा ऋण दिँदै आएका छन् । अबदेखि ऋण दिँदा महानगरमा दर्ता भएको प्रमाणपत्र पनि खोजिदिनु होला ।’
बैंकहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत विराटनगरको सौन्दर्यकरणलगायतमा पनि सहयोग गर्न सक्ने भन्दै प्रमुखले भने, ‘विराटनगर तपाईंहरुको पनि हो, तपाईंहरुले यहाँको सौन्दर्यकरणसँगै एम्बुलेन्स, शवबाहन सहयोग गर्न सक्नुहुन्छ ।’ उपप्रमुख शिल्पा निराला कार्कीले बैंकहरुले पार्किङ व्यवस्थापन नगर्दा समस्या भएको प्रतिक्रिया दिए ।
प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले महानगरमा स्रोतको अभाव रहेको जानकारी दिँदै आन्तरिक राजस्व कार्यालयसित कुरा गरेर बहाल कर महानगरले नै लिने व्यवस्था मिलाइएको बताए । राजस्व महाशाखा प्रमुख सरोज गौतमले महानगरको पाँच वटा वडामा कर संकलन विशेष अभियान सञ्चालन गरिरहेको जानकारी दिए ।
आर्थिक वर्ष रु ४९ करोड ७८ लाख आन्तरिक राजस्व संकलन गरेको महानगरले चालु आर्थिक वर्षमा रु ८७ करोड संकलन गर्ने लक्ष्य राखेको छ
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते आह्वान हुने
पुष २८, २०८१ आइतबार
आगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश
पुष २५, २०८१ बिहिबार
कोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
माघ महिनाका लागि १७ वटा बैंकको मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर यथावत
पुष २९, २०८१ सोमबार
लस एन्जलस आगलागी : विस्थापितलाई घर फर्काउन कम्तिमा बिहीबारसम्म लाग्ने
पुष २९, २०८१ सोमबार
पाथीभराबाट देखिएको हिमश्रृङ्खला
पुष २९, २०८१ सोमबार