नियमविपरीत असुलेको ब्याज फिर्ता गर्न वाणिज्य बैंकहरुलाई राष्ट्र बैंकको ताकेता
नेपालबहस संवाददाता
पुस १४, २०७९ बिहिबार १८:५८:४७
१४ पुष, काठमाडौं । नेपाल राष्ट्र बैंकले ताकेता गरेपछि नियमविपरीत बढी ब्याज असुल्ने बैंकहरु तनावमा परेका छन् । बढी ब्याज गर्ने बैंकहरुले असुल रकम धमाधम फिर्ता गर्नेतिर लागेका छन् । ‘क’ वर्गका २५ वटा बैंकहरुले साढे ४ अर्बभन्दा रकम बढी ब्याजबाट असुल गरेको राष्ट्र बैंकको ठहर छ ।
सोहीअनुसार राष्ट्र बैंकले २५ वटै वाणिज्य बैंकलाई प्रिमियम बढाएर ऋणीबाट नियमविपरीत असुल गरेका कुल ४ अर्ब ६६ करोड रुपैयाँ फिर्ता गर्न निर्देशन दिएको छ । निर्देशनअनुसार बैंकहरुले यही पुस महिनाभित्र ऋणीलाई फिर्ता गर्नुपर्नेछ ।
रकम फिर्ता गर्ने प्रतिवद्धतापछि मात्र राष्ट्र बैंकले गत आर्थिक वर्षको साधारणसभाको अनुमति दिएको छ । कृषि विकास बैंकबाहेक सबै वाणिज्य बैंकले साधारणसभा गर्न अनुमति पाएका छन् । अनुमति पाएकामध्ये दर्जन बढीले साधारण सम्पन्न नै गरिसकेका छन् ।
कृषि विकास बैंकले भने पुसभित्रै साधारणसभा गर्न नसक्ने भएको छ । रकम फिर्ता नगरेसम्म उसललाई साधारणसभाको अनुमति मिल्दैन ।
कृषि बैंकले प्रिमियम बढाएर बढी असुल गरेको ब्याज बैंकको तथ्यांकमा देखाएको छ । बढी उठाएको रकम फिर्ता नगरेसम्म साधारणसभा गर्न अनुमति नदिने योजनामा राष्ट्र बैंकको छ ।
बढी ब्याज असुल्ने बैंकमा एनआईसी अग्र पंक्तिमा रहेको छ भने नबिल दोस्रो र ग्लोबल आईएमई तेस्रोमा रहेको छ । एनआईसी एसियाले ४८ करोड रुपैयाँ फिर्ता गर्नुपर्ने भएकाे छ । नबिल बैंकले ४७ कराेड र ग्लोबल आईएमई बैंकले ४५ करोड रुपैयाँ फिर्ता गर्दैछ ।
सिद्धार्थ बैंक ३२ करो ५० लाख, बीओके ३२ करो १० लाख, प्राइम कमर्शियल २६ करोड, राष्ट्रिय वाणिज्य बैंक २४ करोड ५० लाख, कुमारी २० करोड, सनराइज १९ करोड १० लाख, एनएमबी १६ करोड ३० लाख, एभरेष्ट १५ करोड ४० लाख, कुमारी र नेपाल बैंक १५÷१५ करोड रुपैयाँ फिर्ता गर्दैछ ।
सबैभन्दा कम ब्याज फिर्ता गर्नुपर्ने सूचीमा रहेको स्टयान्डर्ड चार्टडले ४० लाख रुपैयाँ मात्र फिर्ता गर्दैछ । रकम फिर्ता काण्डले बैंक संचालकहरू तनावमा परेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा
पुष २९, २०८१ सोमबार
कुमारी बैंक लिमिटेडको माघ २१ गते साधारणसभा, बुक क्लोज कहिले ?
पुष २८, २०८१ आइतबार
कुमारी बैंक र एनसिएचएलबीच अन्तर्देशीय भुक्तानी सहकार्य
पुष २७, २०८१ शनिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
पुष २९, २०८१ सोमबार
रवि लामिछानेको थुनछेक बहस सुरू
पुष २९, २०८१ सोमबार
सिक्लेसमा ठेलो हान्ने मेला भोलिदेखि सुरु
पुष २९, २०८१ सोमबार
अमेरिकी आगलागीमा ज्यान गुमाउनेको संख्या २४ पुग्यो
पुष २९, २०८१ सोमबार
त्रिवेणीधाममा आजबाट माधवनारायण मेलाको व्रत शुभारम्भ [ फाेटाे फिचर ]
पुष २९, २०८१ सोमबार
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा
पुष २९, २०८१ सोमबार